#FacebookDown

फेसबुकमा अहिलेसम्मकै ठूलो समस्या

फेसबुकमा अहिलेसम्मकै ठूलो समस्या
+
-

सामाजिक सञ्जला फेसबुकमा अहिलेसम्मकै गम्भीर समस्या आएको छ । विश्वभर फेसबुक प्रयोगकर्ताको एकाउन्ट खुलेका छैनन् र खुलेकाले पनि राम्रोसँग काम गरेका छैनन् ।

फेसबुकसँगै इन्स्टाग्राम तथा ह्वाट्सएप पनि डाउन भएका छन् । बुधबार रातिदेखि समस्या देखिएको हो । केही क्षेत्रको समस्या समाधान भएको छ । तर अझै पनि नेपालसहित विश्वभर फेसबुकसहितका सामाजिक सञ्जाल डाउन भएका छन् ।

फेसबुकले समस्या समाधानका लागि तत्कालका लागि आफ्नो प्लेटफर्म डाउन भएको र केही समयमै समस्या समाधान हुने बताएको छ । फेसबुकको एप्लिकेशन प्रयोगमा समस्या भएको देखिएको छ ।

सुरुमा केही फेसबुक प्रयोगकर्ताले समस्या बारे बताएका थिए । त्यसपछि समस्या बिस्तारै अधिकांश प्रयोगकर्तामा फैलिएको हो ।

यस्तो समस्या यसअघि सन् २००८ मा देखिएको थियो र त्यो बेला फेसबुकका प्रयोगकर्ता विश्वमा १५० मिलियन थिए । अहिले विश्वभर फेसबुकका मासिक प्रयोगकर्ता २.३ बिलियन रहेका छन् ।

समस्याको कारण अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो समस्या नेपाली समय अनुसार बुधबार राति पौने १० बजेदेखि सुरु भएको हो ।

फेसबुक र इन्स्टाग्राम डाउन भएपछि धेरै ट्वीटर तर्फ मोडिएका छन् र उनीहरुले मजाक गरिरहेका छन् । अहिले ट्वीटरमा ह्यासट्याग फेसबुक डाउन र ह्यासट्याग इन्स्टाग्राम डाउन प्रयोग गरि पोस्ट भइरहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?