
पोखरा – नेत्र विक्रम चन्द विप्लव समूहले आह्वान गरेको बन्दको दिन बिहीबार पोखराका विभिन्न स्थानमा शङ्कास्पद बस्तु फेला परेका छन् । सभागृह चोकस्थित ट्राफिक प्रहरी बस्ने डोम नजिकै राखिएको वस्तु सेनाको टोलिले डिस्पोज गरेको छ ।
डिस्पोज गरिएको बस्तु सुतली बम रहेको हुनसक्ने प्रहरीले जनाएको छ । बिहान ४ः३० बजेतिर केही युवा पृथ्वीचोकमा देखिएका र पछि सभागृहतिर लागेकाले उनीहरुले नै राखेको हुन सक्ने प्रहरीको आशङ्का छ ।
यस्तै पोखरा २९ भण्डारढिक छेत्रमा समेत शङ्कास्पद बस्तु फेला परेको सकेट बम सेनाको टोलीले डिस्पोज गरेको छ ।
एसबीआई बैंकको नजिकै सकेट बम फेला परेको र बिना कुनै क्षति सेनाको टोलीले डिस्पोज गरिसकेको इलाका प्रहरी कार्यालय सिसुवाका डिएसपी मोहनबहादुर खाणले देश सञ्चारलाई जानकारी दिए । बन्दका कारण पोखरामा सवारी चल्न सकेका छैनन् ।