
काठमाडौँ – फागु पर्व अर्थात रंगहरुको उत्सव होली बिहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ। काठमाडौँको बसन्तपुरमा बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा होलीको लिंगो ठड्याएपछि यो वर्षको होली पर्व औपचारिक रुपमा सुरु भएको हो ।
रंगीविरंगी ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ । यो वर्षको होली पहाडका जिल्लामा आउँदो बुधबार र तराईका जिल्लामा बिहीबार मनाईने छ ।