डडेल्धुरा दुर्घटना अपडेटः हाइस रोकेर सौच गर्न गएका थिए चालक, एक जनाको मृत्यु

डडेल्धुरा दुर्घटना अपडेटः हाइस रोकेर सौच गर्न गएका थिए चालक, एक जनाको मृत्यु
+
-

धनगढी – दीपायलबाट धनगढीका लागि छुटेको बा २ ख १६६५ नम्बरको हाइस सोमबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिका गुयलिखेतमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा डोटीको सायल गाउँपालिकाका गणेश साउँद रहेका छन् । यस्तै घाइते हुनेमा दीपायल सिलगढी नगरपालीका–२ का कला दमाई, लक्ष्मी दमाई, शिखर नगरपालीका ११ का जय दमाई गन्यापधुरा ५ डडेल्धुराका ईश्वर टमटा, शिखर नगरपालीका डोटीका कैल्या ढोली, बिष्णा दमाई , जानकी गाउँपालिका २ का नीर बहादुर रोका मगर , शिखर नपा गोपघाट डोटीका राजु नेपाली रहेका छन ।

चालकले हाइस रोकी सौच गर्न गएका बेला हाइस आफै पछाडि पट्टि बाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । हाइसमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । घाइते सबैको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको छ ।

यो पनि पढ्नुहोस्

रोकिएको हाइस आफै गुड्यो अनि भीरमा खस्यो, १२ जना घाइते

रोकिएको हाइस आफै गुड्यो अनि भीरमा खस्यो, १२ जना घाइते

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?