आमिर खानलाई पत्रकारको प्रश्नः मोदीका लागि प्रचार गर्नुहन्छ?

आमिर खानलाई पत्रकारको प्रश्नः मोदीका लागि प्रचार गर्नुहन्छ?
+
-

मिस्टर परफेक्शनिष्टको नामबाट मानिसहरुको मनमा बस्न सफल अभिनेता आमिर खानले कुनै पार्टीको प्रचार आफूले नगर्ने बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत कलाकारहरुलाई भोटका लागि जनतालाई प्रेरित गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले राखेको उक्त सूचीमा अभिनेता आमिर खानको नाम पनि छ । तर आमिरले आफूले कुनै दल विशेषको प्रचार नगर्ने बताए ।

‘चुनाव प्रचारका लागि ब्राण्ड एम्बेसडर बनेको हुँ ’

आमिर खानले हरेक वर्षझैँ यस वर्ष पनि आफ्नो जन्मदिनका अवसरमा पत्रकारहरुसँग भेटघाट गरे । यस क्रममा उनलाई सोधियो, ‘तपाई पनि चुनावी प्रचारमा सहभागी हुने हो?’

यस प्रश्नको जवाफ दिँदै आमिर खानले भने, ‘यो कुरा राम्रो र सही हो कि बढी भन्दा बढी मानिसहरु चुनावी प्रक्रियामा सहभागी होउन् । नरेन्द्र मोदी यस देशका प्रधानमन्त्री हुन् र उनले अपील गरेका छन् कि हामी जनतालाई भनौँ भोट गरौँ भनेर । यो राम्रो कुरा हो र कलाकारहरुको आग्रहले यसमा सकारात्मक नतिजा दिन्छ ।’

‘यस्तो होइन कि मोदीले पहिलो पटक यो कुरा भनेका हुन् । निर्वाचन आयोगले पनि मलाई कैयौँ पटक ब्राड एम्बेसडरका रुपमा कार्य गराएको छ ताकि म मानिसहरुलाई आग्रह गरौँ आएर भोट हाल्नुहोस् । यो धेरै पहिले देखि नै भइरहेको कुरा हो । मलाई र अरु थुप्रै कलाकारहरुलाई पनि यस्तो आग्रह गरिन्छ । तर म भन्दैन कि तपाईँ यसलाई वा उसलाई भोट हाल्नुहोस् । ’

आमिरले अगाडि भने, ‘म यो भन्न सक्दैन कि कसरी भोट दिने, सबै भारतीय स्मार्ट छन । उनीहरु आफै सोचुन् र आफ्नो आवश्यकताको मुद्दा उठाउनेलाई भोट गरुन् । तर यो कुरा आवश्यक छ कि सबै समय निकालेर आउन् र आफ्नो मताधिकारको प्रयोग गरुन् । ’

आमिरलाई अब पत्रकारहरुले सोधे, ‘भारतीय जनता पार्टीका लागि प्रचार गर्नुहुन्छ ?’

प्रश्न भुईमा झर्न नपाउँदै आमिरले भने ‘म कुनै पार्टी र नेताका लागि प्रचार गर्दैन ।’

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’