 
                            धनगढी– कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्टले अदालतमा आत्मसमर्पण गरेका छन्।
निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि बिष्ट मंगलबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन्।
लामो समयदेखि सम्पर्क बिहीन रहेका बिष्ट मंगलबार करिब ११ बजेतिर अदालतमा उपस्थित भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। उनका अनुसार बिष्टको बयान लिने तयारी भएको छ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































