सडक दुर्घटनाबारे सचेतना र सही संरचना बनाउन सरोकारवालाको माग

सडक दुर्घटनाबारे सचेतना र सही संरचना बनाउन सरोकारवालाको माग
+
-

काठमाडौं- विश्‍वभर सडक दुर्घटना बढिरहँदा नेपालमा भइरहेको  सडक दुर्घटनालाई न्‍यूनिकरण गर्न सरोकारवालाले माग गरेका छन्।

‘रोड सुरक्षाका लागि राष्ट्रिय क्षमता अभिवृद्धि’  जनचेतना नामक तीन दिने कार्यशालामा बोल्दै उनीहरुले  सडक सुरक्षा र दुर्घटना मानवीय क्षतिको ठूलो कारण बनेकाले यसलाई सकेसम्‍म न्‍यूनीकरण गर्न माग गरेका हुन।

कार्यक्रममा  बंगलादेशका अन्तर्राष्ट्रिय सडक सुरक्षा  विज्ञ इसतियाक एहेमदले विश्वव्यापी रुपमा देखा परेको सडक चुनौतीबारे  कार्यपत्र प्रस्तुत गर्दै सडक सुरक्षामा संचनामा भर पर्ने बताए। उनले भने, ‘ विश्‍वमा अन्‍य देशमा जस्तै एसियाली देशहरुमा पनि दुर्घटनाले जरो गाडेको छ।  यसलाई सरकारी  तवरबाट मात्रै नभएर व्‍यक्तिगत रुपमा समेत चेतना जगाउनु जरुरी छ। नेपालको दुर्घटना पनि त्‍यसमा १.१ प्रतिशतले बढ्‍दै गएको छ।’

यस्तै  कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोज प्रधानले राष्ट्रिय सडक सुरक्षा, अवस्था तथा राष्ट्रिय कार्ययोजनाबारे कार्यपत्र प्रस्तुत गर्दै देशमा सडक संरचना दुर्घटनामुक्त बनाउनमा सरकार अहोरात्र खटिरहेको बताए।

उक्त कार्यक्रममा सहसचिव सरोज प्रधानले राष्ट्रिय सडक सुरक्षा, अवस्था तथा राष्ट्रिय कार्ययोजनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनले भने, ‘ सरकार र मन्त्रालय सडक सुरक्षाबारे गम्भीरतापूर्वक लागेको छ। सडक सबै नागरिकको सम्पत्ति भएकाले यसको संरचना बलियो बनाउनु र उपयुक्त तरिकाले नागरिकलाई जनचेतना गराउनु पहिलो काम ठानेको छ।’

त्यस्तै कार्यशालामा रोर्बट नोवाक, डा.पी बी शाहि, सुनिल पौडेल, लक्ष्मण केसी लगायतले कार्यपत्र प्रस्तुत गरेका हुन्। सडक दुर्घटना भयाभह अवस्थाकाे नियन्त्रणका लागि समेत सराेकारवालाले माग गरेका छन्। कार्यशाला बिहीबारसम्म चल्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?