 
                            धनगढी-मंगलबार विहान जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका पूर्व एसपी दिल्लीराज विष्टलाई अदालतको आदेश पछि थुनामा राखिएको छ।
लामो समयदेखि फरार रहेका पुर्ब एसपी बिष्ट निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि मंगलबार बिहान ११ बजे जिल्ला अदालत कंचनपुरमा उपस्थित भएका थिए।
मंगलबार साढे ११ बजेदेखि विष्टको बयान सुरु भएको थियो। बेलुका पौने ५ बजे सम्म पनि बयान नसकिएपछि अदालतले उनलाई थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।
अदालतको आदेश पछि विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा थुनामा राखिएको छ।श्रेस्तेदार अवस्थीले बयान नसकिएपछि बुधबार बिष्टलाई फेरी अदालतमा उपस्थीत गराईने जानकारी दिए।
पूर्व एसपी विष्ट सहितका ८ जना विरुद्ध दीलिप विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो।
जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तत्कालीन एसपी विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसीलाई भने २१ दिनभित्र बयानका लागि उपस्थित हुन अदालतले आदेश दिएको थियो ।

 
                                                                                                                     
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































