पुराना ६० हजार घर नक्साको कम्प्युटरमा अभिलेख राख्दै पोखरा महानगर

पुराना ६० हजार घर नक्साको कम्प्युटरमा अभिलेख राख्दै पोखरा महानगर
+
-

पोखरा – निर्माण सम्पन्न भइसकेका वर्षौ पुराना घरहरुको नक्सालाई विद्युतीय माध्यमबाट अभिलेखिकरण गरी छरितो कार्यसम्पादनमा सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाले प्रयास थालेको छ।

साविक लेखनाथ नगरपालिकाको कार्यालयमा अभिलेखिकरणको सुरुवात गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले प्रविधि मैत्री सेवाले भ्रष्टचार न्यूनीकरणमा सहयोग पुग्ने बताए।

‘सबै कामहरु सेवाग्राही र कर्मचारीबीच मुखामुख हुनै नपर्ने गरी व्यवस्थित गर्न आवश्यक छ,’ उनले भने, ‘यसो गर्न सके रकमको बार्गेनिङ समेत हुँदैन।’

काठमाडौंको टेक्नोलोजी सेल्स कम्पनीले महानगरका घर नक्सा पासका अभिलेखलाई व्यवस्थापन गर्नेछ।

पहिलो चरणमा साविक लेखनाथका सातवटा वडाका पाँच हजार दुईसय र महानगरको वडा नम्बर १ देखि १० सम्मका गरी कुल १० हजार घर नक्सापास किताबलाई विद्युतीय अभिलेखिकरण गरिने आइटी इन्जिनियर असोक द्वारेले जानकारी दिए।

सफ्टवेयर मार्फत योजना सम्झौता, राजश्व, प्रशासन लगायतका महत्वपूर्ण कागजातलाई कम्प्युटराइज्ड गरिनेछ। सेल्स टेक्नोलोजीका प्रबन्ध निर्देशक राम रिमालले प्रविधिको प्रयोगले महानगरलाई पेपरलेस बनाउन प्रभावकारी भूमिका खेल्ने बताए।

नक्सा पासका अभिलेख अव्यस्थित हुँदा मुसाले खाने, सेवाग्राहीले चाहेको बेलामा प्रतिलिपि नपाउने जस्ता समस्याको न्यूनीकरणमा विद्युतीय अभिलेखीकरणले सहयोग गर्ने महानगरको विश्वास छ।

२०७३ अघिका झण्डै ६० हजार घर नक्सापासका किताबलाई कम्प्युटराइज्ड गरी व्यवस्थित गर्न लागिएको महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। ०७३ यताका महानगरमा बन्ने घरहरुले अनलाइन मार्फत नक्सा पेश गर्नुपर्ने व्यवस्था भएकोले स्वतः कम्प्युटरमा अभिलेख संकलन छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?