इराकको मोशुल शहरमा रहेको टिगरिस नदीमा डंगा डुब्दा १ सय जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । उक्त डुंगामा दुई सय जना सवार थिए ।
उनीहरु सबै घुमघामका लागि आइल्याण्ड जाँदै थिए । दुर्घटनामा परेका ५५ जनालाई बचाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
अधिकारीहरुले नदीमा पानीको बहाव बढेका कारण त्यसअघि नै चेतावनी जारी गरेको बताएका छन् ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































