भारतीय जनता पार्टीले लोकसभा चुनावका लागि आफ्ना उमेद्वारहरुको पहिलो सूची सार्वजनिक गरेको छ । बिहिबार अवेर राति बिजेपीका वरिष्ठ नेता, केन्द्रीय मन्त्री तथा भाजपाका केन्द्रीय चुनाव समितिका सचिव जेपी नड्डाले १ सय ८४ उमेद्वारको नाम घोषणा गरे ।
नाम घोषणा हुनुपूर्व नै यस पटक भाजपाले केही ठूला नेतालाई उमेद्वार नबनाउने अनुमान गरिएको थियो । भाजपाले सार्वजनिक गरेको उमेद्वारहरुको सूचीमा सबैभन्दा रोचक अमित शाहको नाम थियो । अमित शाह गान्धीनगरमा चुनाव लड्नेछन् ।
भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवानी अहिले गान्धीनगरबाट सांसद छन् । शाह अहिले राज्यसभा सांसद छन् । उनी पहिलो पटक लोकसभा चुनाव लड्नेछन् ।
यो लिष्टमा आडवानीको नाम छैन ।
नड्डाले यसबारेमा केही बताएका छैनन् तर आडवानीको टिकट काटिएको अनुमान गरिएको छ । यसबारेमा कांग्रेस प्रवक्ताले ट्विट गरेका छन् ।
पहले श्री लाल कृष्ण अडवाणी को ज़बरन ‘मार्ग दर्शक’ मंडल में भेज दिया,
अब उनकी संसदीय सीट भी छीन ली।
जब मोदीजी बुज़ुर्गों का आदर नहीं करते,
वह जनता के विश्वास का आदर कहाँ करेंगे?भाजपा भगाओ,
देश बचाओ।#bjpfirstlist— Randeep Singh Surjewala (@rssurjewala) March 21, 2019
यूपीका २८ उमेद्वारको लिष्ट जारी
उत्तर प्रदेशमा जम्मा ८० सीट छ तर पहिलो लिष्टमा मात्र २८ उमेद्वारको नाम घोषणा गरिएको छ । यो लिष्टका अनुसार भाजपाले आफ्ना ६ जना बहालवाला सांसदको टिकट काटेको छ ।
यसमा वरिष्ठ नेता तथा पूर्व अध्यक्ष मुरली मनोहर जोशीको समेत नाम छैन । तर प्रधानमन्त्री नरेन्द्र मोदीको लोकसभा सीट एकपटक फेरि वाराणसीबाट हुनेछ । त्यहाँ भीम आर्मीका संस्थापक चन्द्रशेखर आजाद उर्फ रावण चुनाव लड्नेछन् ।
उनले कांग्रेस र अरु पार्टीहरुलाई समर्थनको अपील गरेका छन् । हालै कांग्रेस महासचिव तथा पूर्वी उत्तरप्रदेशकी इन्चार्ज सोनिया गान्धीले अस्पतालमा रहेका रावणसँग भेटघाट गरेकी थिइन् । त्यसपछि रावणले चुनाव लड्ने कुरा चर्चामा आएको थियो ।
लखनउबाट गृहमन्त्री राजनाथ सिंह, अमेठीबाट स्मृति ईरानी, गाजियावादबाट विदेश मन्त्री जनरल बिके सिंह चुनाव लड्नेछन् । अमेठीमा स्मृति ईरानीले कांग्रेस अध्यक्ष राहुल गान्धीसँग चुनावी प्रतिस्पर्धा गर्नेछिन् । हेमा मालिनी मथुराबाट चुनाव लड्नेछिन् ।
केन्द्रीय संस्कृति मन्त्री महेश शर्मा नोएडाबाट चुनाव लड्नेछन् । यूपीबाट सांसद वरुण गान्धी र मेनका गान्धीको नाम यो लिष्टमा छैन । वरुण सुलतानपुरबाट र मेनका गान्धी पीलीभीतबाट सांसद छन् ।
केन्द्रीय मन्त्री नितिन गडकरी नागपुरबाट चुनाव लड्नेछन् ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































