 
                            धनगढी– धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बोराडाँडी स्थित रिचमण्ड फेलोसिप नेपाल (सुधारगृह) का स्टोर किपरको कार्यालयमै मृत्यु भएको छ ।
कार्यालयमा रहेका बिरामीलाई खाना खुवाएर आफुपनि सुत्न गएका २९ बर्षे जनक ढुंगाल बिहीबार राती करिव साढे १० बजे तिर सुतिरहेको अवस्थामा कार्यालयमै मृत अवस्थामा भेटिएको सुधार गृहका कर्मचारी बताएका छन्।
तर मृतकका आफन्तले भने उनको हत्या भएको भन्दै सुधार गृहका सञ्चालक रामबहादुर रजककोविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरेका छन् । दाजु आनसिंह ढुंगालका अनुसार मृतक ढुंगालको शरिरमा निलडाम देखिएका छन्।
प्रारम्भिक पोष्मार्टमका क्रममा पनि उनको घाँटीको हड्डी टुटेको देखिएको मृतकका दाजुले बताए । सुधार गृहका सञ्चालक रजकले भने गृहमा रहेका बिरामीलाई खाना खुवाएर मृतक ढुंगाल कार्यालयको सवै भन्दा माथिल्लो कोठामा सुत्न गएका थिए ।
काम विशेषले राती साढे १० बजे ढुंगाल सुतेको कोठामा जाँदा उनि मृत भेटिएका उनले बताए । घटनाको सत्य तथ्य छानविन नभए सम्म मृतकको शव नबुझने आफन्तले बताएका छन्। मृतकको लास सेती अंचल अस्पतालमा राखिएको छ।

 
                                                                                                                     
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































