विश्व क्षयरोग दिवस मनाइँदै, के हुन् यसका लक्षण?

विश्व क्षयरोग दिवस मनाइँदै, के हुन् यसका लक्षण?
+
-

काठमाडौं – मार्च २४ अर्थात आज (आइतबार) विश्व क्षयरोग दिवस। ‘क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी’ भन्ने मुल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। क्षयरोग विश्वभर फैलिएको एक संक्रामक रोग हो।

यसलाई अग्रेजीमा ट्युबरक्युलोसिस (टिबी) भन्ने गरिन्छ। सन् १८८२ मार्च २४ मा डा. रोर्वट कोचले क्षयरोगको किटाणु पत्ता लगाएका थिए। त्यसको सय वर्षपछि १९८२ मार्च २४ बाट यो दिवस विश्वभर मनाउदै आइएको छ।

क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले लाग्ने गरेको चिकित्सकहरुले बताएका छन्। यसले फोक्सोमा सबै भन्दा चाडो आक्रमण गर्नुका साथै शरीरका अन्य भागहरूमा पनि असर गर्न सक्दछ।

क्षयरोग लागेका कुनै पनि व्यक्तिमा यसका किटाणु सक्रिय छन् भने उसले श्वास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने छिटाको माध्यमबाट हावामा फैलिएर अन्य व्यक्तिमा सर्ने गर्दछ। विश्वको एक तिहाई जनसंख्या यसका किटाणुको संक्रमणको जोखिममा रहेको चिचित्सकहरुले बताउने गरेका छन्।

३ हप्ता वा त्यो भन्दा बढि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, थकान बढी महसुस भएमा क्षयरोगका लक्षण हुन सक्ने चिकित्सकले बताएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रति वर्ष विश्वमा एक करोड नयाँ क्षयरोगका विरामी थपिरहेका छन् भने १६ लाख व्यक्तिले यसकै कारण ज्यान गुमाइरहेका छन्।
तर नेपालमा भने राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत व्यक्तिलाई क्षयरोग भएको पाइएको छ। हरेक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगी बर्सेनि मृत्यु हुने गरेको छ।

क्षयरोगीहरुको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४ हजार ३ सय भन्दा बढी स्वास्थ्य सेवा केन्द्रहरु रहेका छन् । जहाँ क्षयरोगको उपचार निशुल्क हुँदै आएको छ ।

नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत फोक्सो कै क्षयरोग हुने गरेको छ भने अन्य ग्रन्थी, हड्डी, पेट, मृगौला, मस्तिष्क, पाठेघर, कलेजो आदिको हुने गरेको पाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?