 
                            धनगढी– जिल्ला शिक्षा समन्वय विकास इकाई डोटीका प्रमूख अनन्तकुमार पौड्याललाई कालोमोसो दलिएको छ । विद्यालय भवन निर्माणको बजेटमा कमिशन मागेको भन्दै नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताको एक समुहले आइतबार पौडेललाई कालोमोसो दलेको हो।
कालोमोसो दलिसकेपछि एक प्रेस विज्ञेप्ती जारी गर्दै नेपाल विद्यार्थी संघका आमन्त्रित केन्द्रीय सदस्य विजयराज ओझाले विद्यालय भवन निर्माण, मर्मत तथा शौचालय निर्माणमा कमिशन माग गरेको लगायतका विभिन्न ९ वटा आरोप लगाएका छन् । ओझाकै नेतृत्वमा गएको टोलीले कालोमोसो लगाएको हो ।
विज्ञेप्तीमा योजनाहरुमा आफन्तको माध्यमबाट १० प्रतिशत कमिशन माग गरेको, विव्यसको अधिकारक्षेत्र भित्र रहेको करार शिक्षक नियूक्ती आफु मातहतमा ल्याएर ४ महिनासम्मको तलब लिदै शिक्षक नियूक्ती गर्ने गरेको, कमिशन रकम उठाउन श्रीमती चन्द्रमाया कोईरालाई र छोरा अरूण पौडेलको नाममा रहेको बैंकखाता विद्यालयका प्रधानाध्यापकहरुलाय बाँडेको लगायतका आरोपहरु लगाईएका छन् ।
प्रेस विज्ञेप्तीसंगै ओझाले पौडेलले कमिशन जम्मा गर्न प्रधानाध्यापकलाई पठाएको मोवाईल म्यासेज र छोरा अरूण पौडेलको खाता नम्बरवाला चिट सार्वजनिक गरेका छन् ।
जिशिअ पौडेलले प्रयोग गरिरहेको अफिसियल नम्बर ९८५८४३५८९३ बाट प्रधानाध्यापक ओझालाई पठाएको मोवाईल म्यासेजमा श्रीमती चन्द्रमाया कोईरालाको कृषि बिकास बैंक घट्टाघर भक्तपुरमा रहेको खाता नम्बर ०२–१२३–००७५५–१८६–०१९ उल्लेख गरिएको छ । प्रधानाध्यापककै हातमा थमाईएको चिटमा छोरा अरूण पौडेलको नाममा राष्ट्रिय वाणिज्य बैंक बानेश्वर काठमाण्डौको १४२००७०१५१० खाता नम्बर उल्लेख छ ।
यस विषयमा जिल्ला शिक्षा समन्वय विकास अधिकारी पौडेलसंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन् । प्रमूख जिल्ला अधिकारी यादब सुवेदीले भ्रष्टाचारजन्य गतिबिधिमा संलग्न कर्मचारीलाई कारबाहीका लागि कानुनी प्राबधान हुँदाहुदै कार्यकक्षमै गएर यस्तो दुब्र्यबहार गर्नु निन्दनीय रहेको बताए ।
साथै यसमा संलग्न ब्यक्तीहरुलाई कानुनमा भएको व्यबस्था अनुसार कारबाही गरिने पनि उनले बताए । जिल्ला शिक्षा समन्वय बिकास अधिकारी पौडेलबिरुद्ध पनि कानुनीबाटोबाट प्रमाण सहित उजुरी आए छानविन र कारबाही गरिने उनले बताए ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































