 
                            धनगढी– निर्मला पन्त हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई प्रहरी हिरासतमा राखिएको छ।
यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन डिएसपी अंगुर जिसी विरुद्ध परेको मुद्दामा सोमबार बहस नसकिएपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो। सोमबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिसीको विहान साढे ११ बजेदेखि बयान सुरु भएपनि बयान नसकिएपछि मंगलबार पनि बयान जारी रहने कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। उनका अनुसार बयान सकिए लगत्तै बहस हुने छ र त्यसपछि मात्रै आदेश सुनाईने छ।
निर्मला पन्त मृत फेला परेपछि चर्किएको आन्दोलनसँगै प्रहरी प्रधान कार्यालयले सिआईबीका डिएसपी जिसीको नेतृत्वमा घटनाको अनुसन्धान गर्नका लागि १३ साउनदेखि टोली कञ्चनपुर खटाएको थियो। पूर्व एसपी डिल्लीराज विष्ट सहितका ८ जना विरुद्ध दीलिप विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो।
पुर्व एसपी विष्ट साढे १० लाख धरौटीमा रिहा भईसकेका छन् भने अन्य ६ जना पुर्व प्रहरी पनि ३१ लाख धरौटी बुझाएर यस अघि नै रिहा भईसकेका छन्।

 
                                                                                                                     
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































