भेडा पालनबाट गाउँमै मासिक ४० हजार आम्दानी

भेडा पालनबाट गाउँमै मासिक ४० हजार आम्दानी
+
-

बागलुङ– काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका ७२ वर्षीय कृष्णमुरारी श्रेष्ठको हरेक दिन भेडीगोठमै बित्ने गरेको छ। भेडी गोठमा यसरी काम गर्दै गरेको उनलाई ३६ वर्ष भयो।

उनले २०२९ साल देखि भेडापालन गर्दै आएका हुन्। उनी यस पेशाबाट सन्तुष्ट हुनुका साथै श्रेष्ठको दिचर्या घरधन्दामा र भेडा गोठमा बित्छ। उनले पहिले ३० देखि ३५ वटा भेडा पालेका थिए। तर पछि भेडाका लागि चरनको ठाउँ नभएकाले उनले भेडाको संख्या घटाउनु परेको बताए।

वि.स २०४८ साल तिर उनले शिक्षण गरेबापत मासिक १ सय ४० पारश्रमिक पाउँथे। तर त्यो तलबले उनलाई घर खर्च चलाउन धौ–धौ हुने भएकाले शिक्षणसँगै उनले भेडा पनि पाल्न थालेपछि घर खर्चमा केहि राहत पुग्यो। विस्तारै भेडाबाट नै राम्रो आम्दानी भएपछि उनले शिक्षण पेशा छोडेर भेडा पालन गर्न थालेको बताए।

उनले भेडाबाट मासिक ४० हजार कमाउँछन्। उनको गाउँ नजिकै जङ्गल भएकाले भेडाका लागि प्रसस्त घाँसपात पाइन्छ। त्यसकारण पनि भेडा पालन सहज भएको उनले सुनाए। विशेषगरी उनले पालेका भेडाहरु देवीदेउताहरुलाई बली दिन र विभिन्न चार्डपर्वका लागि ग्राहकहरु श्रेष्ठका घरमा नै किन्न आउने गरेका छन्।

त्यस्तै बजारमा भेडाको राम्रो माग भएकाले आम्दानी पनि राम्रो हुने गरेको छ। बिक्रिका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमा आएर लैजाने गरेको उनले बताए। उनले भने ‘एउटै भेडाको १० हजार देखि १५ हजारसम्म पर्छ।’

शुरुमा धम्जा जनता प्रा.वि. मा शिक्षण गर्दा १० घरभाडा तिरेर गाउँको बसाइँ शुरु गरेका श्रेष्ठको अहिले आफ्नै घर बनाएका छन्। उनी शिक्षण पेशा र बागलुङको बिलासी जीवनशैली त्यागेर धम्जा आएका हुन्।
पछिल्लो समयमा नेपालका अधिकांश गाउँ रितिदैछन्। गाउँ भन्दा शहरतिरको मोह युवायुवतीमा बढ्दै गएको देखिन्छ। उनीहरुमा शहर गएर राम्रो बन्ने र राम्रो पहिरन लागाउने चाहनाले शहर जाने प्रति चिन्ता व्यक्त गरे।

तर उनलाई भने गाउँको हावापानी, हराभरा वनजङ्गल र उनले पालेका भेडीगोठका भेडाका पाठाले उनको मनलाई धम्जामा नै बाँधेको छ। उनलाई त्यस्तो मोहनी लगाउने भनेकै त्यहाँको स्वच्छ र सफा वातावरण पनि हो।

विदेशमा रहेका उनका छोराले पटक–पटक बजार गएर बस्न जोर गरेपनि गाउँको मोहले उनलाई छोडेको छैन। उनले विदेश जाने युवाहरुलाई आफ्नै गाउँबेसीमा केहि गर्न सुझाव पनि दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?