आईपिएल २०१९

जयपुरमा गेलको तूफान

जयपुरमा गेलको तूफान
+
-

उमेर ४० वर्ष भइसकेको छ । तर क्रिस गेल टि–२० क्रिकेटमा युवा खेलाडीहरुमाथि भारी परिरहेका छन् । वेष्ट इण्डीजका ओपनर गेलले सोमबार एक पटक फेरि सावित गरेका छन् कि उनी धेरै खेलाडीहरुभन्दा अगाडि छन् ।

क्रिस गेलले किंग्स इलेभन पञ्जाबबाट खेल्दै शानदार ७९ रन बनाए र जयपुरमा राजस्थान रोयल्समाथि १४ रनको जितमा अहम भूमिका निर्वाह गरे । यी तिनै गेल हुन् जसलाइ पछिल्लो पटक आईपिएल अक्सनमा कसैले भाउ लगाएका थिएनन् । तर सीजनको आफ्नो पहिलो म्याचमा गेलले देखाइदिए कि उनी आफूमाथि भरोसा गर्ने किंग्स इलेभन पञ्जाबको भाग्य बदल्ने तागत राख्नेछन् ।

पञ्जाबको टीम अघिल्लो सीजनमा सातौँ नम्बरमा थियो । अघिल्लो पटक गेलले एक शतक प्रहार गरेपनि अरु खेलमा चोटका कारण बाहिर बस्नु परेको थियो ।

पञ्जाबले अहिलेसम्म आईपिएलको उपाधि जित्न सकेको छैन । रनको ठूलो स्कोर बनाउन सफल गेलले पनि कहिल्यै ट्रफी जित्ने टीमको हिस्सा बन्न पाएका छैनन् ।
तर सोमबार गेलले जुन खेल देखाए, त्यसले गेल आफ्नो र आफ्नो टीमको रेकर्ड बदल्न सक्ने अनुमान गरिएको छ ।

गेलको तूफानी पारीको मद्दतले किंग्स इलेभन पञ्जाबलाई इहिहास बदल्ने मौका मिल्यो । पञ्जाबले पहिलो पटक राजस्थानलाई उयकै घरमा पराजित गर्यो ।

जयपुरमा गेलको तूफान


राजस्थानका ब्याट्सम्यान जोस बटलरले पनि उत्कृष्ट प्रदर्शन गरे तर म्याचका असली हिरो क्रिस गेल नै रहे । गेलले केवल ४७ बलमा आठ चौका र चार गगनचुम्बी छक्का प्रहार गरेर ७९ रन बनाए ।

क्रिस गेललाई आफ्नो पारी सम्हाल्न केही समय अवश्य लाग्यो तर जब उनी लयमा आए त्यसपछि आफूलाई रोकेनन् ।

एक यस्ता खेलाडी जसको ब्याट संसारमा सबैभन्दा भारी मानिन्छ । यदि त्यसको आधामा मात्रै शट लाग्ने हो भनेपनि बाउन्ड्रीको बाहिर नै जान्छ ।

चार हजार रन पूरा


क्रिस गेलको पारी यसकारण पनि महत्वपूर्ण थियो किनभने पञ्जाबका ओपनर के एल राहुलले मात्रै चार रन बनाउन सके । सबैभन्दा ठूलो कुरा के भने क्रिस गेल पूरा म्याचमा फिट रहे । क्रिस गेल जब ७९ रन बनाएर पेवेलियन फर्किए त्यतिबेला १५ औँ ओभर चलिरहेको थियो ।

जब गेल आउट भए तब पञ्जाबको स्कोर तीन विकेट गुमाएर १४४ रनमा थियो । उनी आउट भएपछि पञ्जाबको वारी सर्फराज खानले सम्हाले । उनले केवल २९ बल खेलेर ६ चौका र एक छक्काको मद्दतले ४६ रन बनाए ।

गेलले आईपिएलमा सबैभन्दा छिटो ४००० रन बनाउने रेडर्क पनि बनाए । यो उपलब्धी उनले आइपीएलको ११३ म्याचमा हासिल गरे ।

राजस्थानको पारी


राजस्थानका अगाडि जितका लागि १८५ रनको लक्ष्य गिथयो तर २० ओभर खेलेर उसले ९ विकेट गुमाएर मात्रै १७० रन बनाउन सक्याे। एक समय यस्तो पनि थियो जब राजस्थानको टीम जोस बटलरको ४३ बलमा १० चौका र दुई छक्काको मद्दतले बनाइएको ६९ रनको मद्दतले जितको लयमा थियो । तर उनी आउट भएसँगै खेलको दिशा बदलियो ।

राजस्थानका लागि बटलरका अलावा सञ्जु सैमसनले ३० र स्टीव स्मिथले २० रन बनाए ।

पञ्जाबको जितमा कप्तान आर आश्विनको पनि योगदान थियो । उनले चार ओभरमा केवल २० रन दिएर एक विकेट हासिल गरे ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’