सुधारिएको चुलो राम्रो, स्वस्थ जीवन हाम्रो

धुवाँमुक्त बन्दै काभ्रेको पाँचखाल, वातावरण जोगाउँदै स्थानीय बासिन्दा

धुवाँमुक्त बन्दै काभ्रेको पाँचखाल, वातावरण जोगाउँदै स्थानीय बासिन्दा
+
-

काठमाडौँ-काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका काठमाडौँबाट पूर्वमा करिब ४५ किलोमिटरको दूरीमा रहेको छ भने काभ्रेपलाञ्चोकको सदमुकाम धुलिखेलबाट करिब १५ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ।

वि.सं. २०७१ मा पाँचखाल, होक्से बजार, अनेकोट र देवभूमी बालुवा गाविसलाई गाभेर पाँचखाल नगरपालिका घोषणा गरिएको हो।

अरनिको राजमार्गको बीचबाट बाटो काटेर ओरालो झरेपछि सफा र शान्त वातावरण भएको याे सुन्दर ठाउँ दखिन्छ। यो सुन्दरताले जो कोहिलाई लोभ्याउँछ। जहाँ स–साना चिटिक्क परेका घरले पनि सुन्दरता थपेका छन्।

तिनै चिटिक्क परेका घरको मुख्य ढोका छेउमा ‘धुवा मुक्त क्षेत्र निमार्णका लागि संयुक्त प्रयास’ लेखिएका स–साना बोर्ड टाँसिएका छन्। ढोकामा यस्तो देख्ने बित्तिकै जो कोहीले पनि अनुमान लगाउँन सक्छ, पाँचखालका बासिन्दा आफ्नो गाउँलाई स्वच्छ राख्‍ने प्रयास गरिरहेका छन्।

यहाँका ३ सय ८० घरले खाना पकाउनका लागि परम्परागत चुलो छाडेर गोबर ग्याँस वा विद्युतिय चुलो अर्थात इन्डक्सन प्रयोग गरिरहेका छन्। जसको प्रयोगले खाना पकाउँदा धुवाँ कम आउने वायु प्रदूषणको अवस्था अध्ययन–अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका जनस्वास्थ्यका प्राध्यापक आमोदकुमार पोखरेलले बताए।

उनले भने,‘परम्परागत चुलो प्रयोग गर्दा खाना पकाउने व्यक्तिको स्वास्थ्यमा विभिन्न खालका समस्या उत्पन्न हुनुका साथै यसको धुवाँले वातावरणमा धेरै असर गर्ने गरेको पाईएको छ।’

गोबर ग्याँस वा विद्युतिय चुलो प्रयोग गर्न थालेपछि खाना पकाउन पहिलेको तुलनामा अहिले धेरै सजिलो भएको पाँचखालकी सरस्वती भेटवालले बताईन्। उनले भनिन्,‘खाना पनि छिटो पाक्ने अनि धुवाँ पनि नहुने।’

सरस्वतीलाई जस्तै खाना पकाउन धेरै सजिलो भएको पाँचखालकै शारदा अधिकारीले बताईन्। ‘आमा विरामी हुनुभएको छ, उहाँका लागि जाउलो पकाइरहन धेरै सजिलो भएको छ।’ उनले भनिन्,‘इन्डक्सन प्रयोग गर्न थालेपछि खाना पकाउन पनि सजिलो भएको छ।’

यो अनुसन्धान गरिहँदा वायु प्रदुषणको मात्रा थाहा हुनुका साथै हरेक हप्ता गृहणीको स्वास्थ्य अवस्थाकाे चेकजाँच समेत गर्ने गरेको यही अध्ययन–अनुसन्धानमा संलग्न लिडर्स नेपालका महासचिव धिरज पोखरेलले बताए।

उनीहरुले  खाना पकाउने, ताप वा इन्धनबाट हुने वायु प्रदुषण र महिलाहरुमा देखिने मोतिबिन्दु, उच्चरक्त चाप जस्ता विभिन्न रोगको कसरी जोखिम बढाउँछ भनेर अध्ययन सुरु गरेका थिए। उनीहरुका अनुसार पाँचखालमा पहिलेको तुलनामा वायु प्रदुषणकाे मात्रा कम रहेको पाइएको छ।

घर बाहिर र भित्रको वायु प्रदूषणसम्बन्धी अनुसन्धान सुरु गरिएपछि पाँचखाल र मण्डनदेवपुर दुई नगरपालिकाका गरी ७ सय ७२ वटा घरले परम्परागत चुलो प्रयोग गर्न छोडेका छन्। उनीहरुले चौपायाका लागि कुँडो बनाउनका लागि भने धुवाँ कम आउने चुलोको प्रयोग गर्दै आइरहेका छन्।

अध्ययन गरिरहेका घरमा हरेक हप्ता नमुना संकलन गरेर वायु प्रदुषणको मात्र चेकजाँच गरिरहेकाे उनीहरुले बताए। ‘धरै हावा चल्दा काठमाडौँको प्रदूषित धुलो सजिलैसँग हावामा  मिसिएर पाँचखाल पुगेको पाएका छौँ।’  पोखरेलले भने,‘उपत्यकामा जब पश्चिमबाट वेगले हावा चल्छ, त्यो समयमा यहाँको वायुको प्रदूषण चीनसम्म पुग्ने गर्दछ।’

उनीहरुकाे अध्ययन अनुसार पाँचखालमा अन्य दिशाबाट हावा चलेको अवस्थामा भन्दा पनि पश्चिम दिशाबाट हावा चलेको अवस्थामा सबैभन्दा धेरै वायु प्रदूषण भएको पाइएको छ। सरकारले सन् २०१७ मा धुवा मक्त घोषित गर्ने भनेता पनि भूकम्पका कारण यसलाई सन् २०२२ मा पूरा गर्ने बताएकोछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?