पहिलो बच्चा जन्मिएको २६ दिनपछि जुम्ल्याहा बच्चा

पहिलो बच्चा जन्मिएको २६ दिनपछि जुम्ल्याहा बच्चा
+
-

बंगलादेशमा २० वर्षकी एक महिलाले पहिलो सन्तान जन्माएको २६ दिनपछि जम्ल्याहा बच्चा जन्माएकी छन् । पहिलो बच्चा जन्मिएका बेला डाक्टरलाई उनको गर्भमा अरु दुई बच्चा रहेको थाहा पाएका थिएनन् ।

आरिफा सुल्ताना इती नाम गरेकी युवतीले शल्यक्रिया मार्फत जुम्ल्याहा बच्चा जन्माएकी हुन् । २६ दिनअघि उनले सामान्य रुपमा एक सन्तान जन्माएकी थिइन् । अहिले तीन सन्तान र आमाको अवस्था सामान्य रहेको डाक्टरले बताएका छन् ।

आरिफा सुल्तानाको उपचारमा संलग्न डा. शीला पोद्दाले समाचार संस्था एएफपीसँग भनेकी छन्, ‘हामीलाई पहिलो डेलिवरीपछि उनको गर्भमा अरु दुई बच्चा रहेको थाहा थिएन । २६ दिनपछि पेटमा समस्या भएको भन्दै उनी अस्पताल आइन् अनि मात्रै उनको गर्भमा दुई बच्चा अझै रहेको थाहा भयो ।’

पहिलो सन्तान समय भन्दा अघि नै जन्मिएको डाक्टरले बताएका छन् । शारशा उपाजिलाको श्यामलागाछी गाउँकी आरिफा घरबाट नजिक पर्ने खुल्ना मेडिकल कलेजमा गएका हुन् । उनले गएको फेब्रुअरी २५ मा पहिलो सन्तान जन्माएकी थिइन् । उनले त्यो बेला छोरा जन्माइन् । डाक्टरले उनको पेटमा रहेको दोस्रो पाठेघर र त्यसमा रहेका दुई बच्चाको ख्यालै गरेनन् ।

आरिफा मार्च २२ फेरि अस्पताल गइन् । त्यसपछि उनको शल्यक्रिया भयो, उनले एक छोरा र एक छोरी जन्माइन् । उनका अहिले दुई छोरा र एक छोरी छन् ।

पहिलो सन्तान एउटा पाठेघर र जुम्ल्याहा छोराछोरी अर्को पाठेघरमा थिए । यस्तो घटना निकै दुलर्भ रहेको डाक्टरले बताएका छन् । आरिफा र उनका सन्तानको स्वास्थ्य राम्रो रहेकाले मंगलबार डिस्चार्ज भएका छन् ।

आरिफाका पति सुमोन विश्वासले अल्लाहको कृपाले तीन सन्तान र आमा स्वस्थ रहेको बताएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष