
जनकपुरधाम-एसईई परीक्षा अन्तर्गत विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको विषयमा प्रदेश २ का सामाजिक विकास मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
शिक्षा विकास निर्देशक रामाकान्त शर्माको अध्यक्षतामा छानविन समिति गठन गरिएको हो ।
समितिको सदस्यमा सामाजिक विकास मन्त्रालयका उपसचिव ठूलोबाबु दाहाल र कानून मन्त्रालयका उपसचिव अरुणकुमार झा छन् ।
मंत्री साहले विहिवार साँझ पत्रकार सम्मेलन गरी समिति गठन भएको जानकारी गराएका छन्।
मंत्री साहले परिक्षा रद्द गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
उनले बाँकी विषयका परीक्षा निर्धक्कका साथ दिन परीक्षार्थीलाई अपिल पनि गरेका छन् ।