
अ
+
अ
अ
-
काठमाडौं- नेपालमा सिजी टेलिकमले फाइभ जी मोबाइल सेवा सञ्चालन गर्ने भएको छ।
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनका क्रममा सिजी टेलिकमले टर्कसेलसँग फाइभजी मोबाइल सेवा सञ्चालनसम्बन्धि सम्झौता भएपछि उसले नेपालमा फाइभ जी सेवा सञ्चालन गर्ने सिजी टेलिकमका प्रवन्धक निर्देशक निर्वाण चौधरीले जानकारी दिए।
उनले भने, ‘ हामीले टर्किस टेलिकम टर्कसेलसँग सहमति गरेका छौ। अब चाडै नै नेपालमा सीजीले फाइभ जी सञ्चालन गर्छौ। जनताको सेवामा सीजी पहिलो फाइभ जी चलाउने कम्पनी बन्नेछौ।’
उनले नेपालमा सूचना प्रविधिलाई अधिकतम उपयोग गरेर विकासका पूर्वाधारहरुलाई सहज र सरल बनाउने सोचका साथ अगाडि बढेको दाबी गरे।