श्री श्री श्री त्रिदण्डी चिन्न श्रीमन्नारायण रामानुज जीयर स्वामीलाई नागरिक अभिनन्दन

श्री श्री श्री त्रिदण्डी चिन्न श्रीमन्नारायण रामानुज जीयर स्वामीलाई नागरिक अभिनन्दन
+
-

मोरङ – श्री श्री श्री त्रिदण्डी चिन्न श्रीमन्नारायण रामानुज जीयर स्वामीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।

शनिबार विराटनगर वार्ड नं ४ मा नवनिर्मित श्रीलक्ष्मीनारायण मन्दिरको भगवत्प्राण–प्रतिष्ठा समारोहमा महानगरपालिका र नरेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले संयुक्त रुपमा स्वामीलाई सम्मान गरेको हो।

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले ताम्रपत्रसहितको नागरिक अभिनन्दन गरिएको प्रमाणपत्र दक्षिण भारतको आन्ध्रप्रदेश सीतानगर निवासी स्वामीलाई प्रदान गरेका थिए । यस्तै नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले प्रदान गर्दे आएको दुई पुरस्कार समेत सोही अवसरमा प्रदान गरिएको थियो।

प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल र प्रदेश नम्बर एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे तथा मेयर भीम पराजुलीले एक लाखको धर्म संस्कृति पुरस्कार स्वामीलाई र बाङ्गमय पुरस्कार गायत्री स्वरुपाश्रम झापालाई एक लाख रुपैयाँ प्रदान गरेका थिए।

अभिनन्दनका क्रममा सामाजिक विकास मन्त्री घिमिरेले धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक प्रविधिलाई समेत मिलाएर काम गर्न आवश्यक रहेको बताए। नैतिकता र इमान्दारिताका लागि धर्म जागरण आबश्यक भएको र यसको संरक्षण र सम्वर्दनका लागि प्रदेश सरकार सदैव तयार उनले स्पस्ट पारे।

त्यसैगरि महानगरका मेयर भीम पराजुलीले दक्षिण भारत वर्षकै प्रखर विद्वान र सामाजिक व्यक्तित्वको नागरिक अभिनन्दन गर्न पाउदां विराटनगरवासी हर्षित भएको महसुस गरेको बताए। धर्म, संस्कृति, नैतिकता र इमान्दारिता समाजको गहना भएको बताएका मेयर पराजुलीले धार्मिक गतिविधि र कार्यक्रमलाई आफुले उच्च महत्व दिएको जानकारी दिए।

त्यसैगरि भगवत्प्राण–प्रतिष्ठा महासम्प्रोक्षण समारोहका सहअध्यक्ष राजेन्द्र राउतले महानगरमा श्रीलक्ष्मीनारायण मन्दिरको स्थापनाले प्रदेशमै धार्मिक प्रतिष्ठाको महत्व बढाउने बताए। मन्दिरमा कुंदिएका कलात्मक ढाँचाले पनि धार्मिक पर्यटकहरुलाई आकर्षित गर्ने उनको भनाई छ। धार्मिक क्षेत्र प्रवद्र्धन गर्नका लागि पनि यस किसिमका मठ मन्दिरहरुमा प्रदेश सरकारसँगै नीजि क्षेत्रले पनि लगानीमा जोड दिनुपर्ने समारोहका सहअध्यक्ष राउतले उल्लेख गरे।

बुधबारदेखि सुरु भएको पाँच दिवसीय भगवत्प्राण–प्रतिष्ठामा स्वामीजीको स्वागत तथा दर्शनका लागि नेपालभरिबाट एक लाख भन्दा बढि दर्शनार्थी विराटनगर आउने अपेक्षा समारोहले जनाएको छ।

२०४३ सालमा स्थापना गरिएको मन्दिर ६ कट्ठा क्षेत्रफलमा अवस्थित छ। साविकको मन्दिर जीर्ण भएपछि करिब ६ करोड रुपैयाको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो। १० हजार स्क्वायर फिटमा निर्माण गरिएको मन्दिरको निर्माण कार्य २०६७ साल माघबाट सुरु भएको गरिएको हो।

तस्बिर : सरस कट्टेल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?