बारा-पर्सामा हावाहुरी आतंक

हावाहुरीबाट मृत्‍यु हुनेको संख्‍या २७ पुग्‍यो, चारसय घाइते

हावाहुरीबाट मृत्‍यु हुनेको संख्‍या २७ पुग्‍यो, चारसय घाइते
+
-

काठमाडौं – बारा र पर्साका विभिन्न ठाउँमा आइतबार बेलुका आएको हावाह्रीका कारण मृत्‍यु हुनेको संख्‍या २७ पुगेको प्रहरीले जनाएको छ ।

देश सञ्चारसँगको कुराकानीमा बाराका डिएसपी हेमबहादुर शाहीले अहिलेसम्म बारामा २६ र पर्सामा एक जना गरी २७ जनाको ज्यान गएको पुष्टि भएको र धेरै मानिस घाइते रहेको बताए । उनका अनुसार ठूलो संख्यामा हताहती भएको छ ।

भौतिक क्षति व्यापक भएको उनले बताए । जिल्लाका विभिन्न ठाउँमा उद्धारका लागि प्रहरीसहितको टोली खटिएको उनले बताए ।

घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल लगिरहेको र ज्यान गुमाउनेको पहिचान भएको डिएसपी शाहीले बताए । सुरुमा हल्का हवा र पानी आएकोमा केहीबेरमै हावाले भयानक रुप लिएको उनले बताए ।

विशेष गरी दुई नम्बर प्रदेशको बारा, पर्सालगायतका जिल्लामा हावा हुरीसँगै आएको पानीका कारण धनजनको क्षति भएको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत जनाएका छन् ।

उनले राति १०ः४५ बजे ट्वीट गर्दै हावाहुरीका कारण २५ जनाको मृत्युभएको र चारसय जना घाइते भएको विवरण प्राप्त भएको जनाएका छन् । घटनामा मृतक तथा घाइतेको संख्या बढ्न सक्ने जनाइएको छ ।

प्रधानमन्त्री ओलीले उद्दारमा सुरक्षाकर्मी परिचालित गरिएको जानकारी दिँदै घाइतेको उद्दारमा र उपचारमा कुनै कमी आउन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?