खोप लगाउन तीन घण्टा पैदल

खोप लगाउन तीन घण्टा पैदल
+
-

दाङ– कोखिलामा दुधे बालक च्यापेका आमाहरु सुस्ताउदै छन् । धेरै टाढाबाट पैदल हिँडेर उनीहरु आफ्ना बाल बच्चालाई खोप लगाउन स्वास्थ्य संस्था सम्म आइपुगेका हुन् । पिढीमा बसेर सुस्ताइरहेका आमाहरु मध्ये तीन घण्टा पैदल हिँडेर पिंकी बिक खोप स्वास्थ्य संस्थामा पुगिन् ।

बिहान ८ बजे घरबाट हिँडेकी बिक ११ बजे बल्ल पुगेकी हुन् । पिंकीको घर राजपुर गाउँपालिका वडा नं. १ बरुवा नाका पर्छ । बरुवा नाकाबाट पैदल हिँडेर उनी पटौली आइपुगिन् । पटौली नाकामा सामुदायिक स्वास्थ्य इकाइ छ । हरेक हप्ता खोप क्लिनिक पनि चल्छ । ‘खोप लगाउन एक दिनभरी लाग्छ । जंगलको बाटो । उकालो ओरालो उस्तै छ’पिंकीले भनिन्–‘खोप लगाउन आउन, जान मुस्किल छ ।’

निर्मला सुनार पनि तीन घण्टाको पैदल यात्रा पछि स्वास्थ्य संस्थामा पुगेकी हुन् । ‘सिकिस्त बिरामी हुने हो भने त घरमै थला परेर मरिन्छ’उनले भनिन्–‘खोप लगाउन, सिटामोलको लागि त तीन घण्टा लाग्छ स्वास्थ्य संस्था आउन । रोगले थलिएपछि त कसरी आउन सकिएला । न बाटो छ । न साधन नै ।’ नाका बासीका आमाहरुको लागि घण्टौं पैदल हिँडेर स्वास्थ्य संस्था पुग्नु एउटा नियती जस्तै बनिसकेको छ ।

नाकामा सामुदायिक स्वास्थ्य इकाइ नहँुदा त छिमेकी देश भारतको स्वास्थ्य संस्थामा पुगेर खोप लगाउनु पर्ने बाध्यता थियो । ‘नाकामा स्वास्थ्य संस्था नहुदा भारतमा गएर भएपनि खोप लगाउने गरिएको थियो । अहिले धेरै जसो आमाहरु बच्चालाई खोप लगाउन नेपालकै स्वास्थ्य संस्थामा आउनुहुन्छ’पटौली नाकामा रहेको सामुदायिक स्वास्थ्य इकाइकी अनमी सबिता गुरुंगले भनिन्–‘औषधी ल्याउन समेत दुःख छ । औषधीको भारी बोकेर नाका आउनु पर्छ ।’

पटौली नाकामा रहेको स्वास्थ्य इकाइ बाट वरुवा, सुकौली, गुरुंग, सिरिया, पटौली, कक्रहवा, बीच खबरी नाकामा नागरिकले स्वास्थ्य सेवा लिने गरेका छन् ।

अभावमा झेल्दै सामुदायिक स्वास्थ्य इकाइ


नाका क्षेत्रमा खोलिएको सामुदायिक स्वास्थ्य इकाइमा सामाग्रीको अभाव रहेको पाइएको छ । सलाइन पानी चढाउनु पर्ने बिरामी आएपनि सलाइन पानी चढाउन अड्याउने स्ट्यान्डनै छैन् ।

बिरामी सुताउने बेड पनि छैन् । अत्यावश्यक सामाग्रीको अभावमा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् । ‘दुई जना सुताएर उपचार गर्ने बिरामी आए भने सुताउने बेडनै छैन्’सविता गुरुंगले भनिन्–‘स्वास्थ्य चौकीमा आउने बिरामी, कार्यरत स्वास्थ्यकर्मीले शौच गर्ने शौचालय छैन् ।’ एउटा सामुदायिक स्वास्थ्य इकाइमा दुई जना स्वास्थ्यर्की र एक जना कार्यालय सहयोगी कार्यरत छन् । अनमी र अहेबले सेवा दिने गरेका छन् ।

नाका क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउन सामुदायिक स्वास्थ्य इकाई गठन भएपनी प्राथमिक उपचार बाहेक अन्य सेवा नागरिकले पाउन सकेका छैनन् । राजपुर–७ को भैसाही, डगमारा, गोठुवा, वडा नं. ६ को खांग्रामा र वडा नं. १ को पटौलीमा स्वास्थ्य इकाइ छ ।

‘स्वास्थ्य सेवामा पहुँच नपुगेकाहरुको पहुँच पुर्‍याउन स्वास्थ्य इकाइ स्थापना गरिएको हो’राजपुर गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कमल आरसीले भने–‘प्राथमिक उपचार, परिवार नियोजनको अस्थायी साधन, आइरन चक्की, खोप सेवा उपलब्ध छ ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष