
काठमाडौँ– चलचित्र ‘हृदयभरी’ को छायांकन सुरु भएको छ। गएको पौषमा निर्माण हुने घोषणा भएको चलचित्रको छायांकन शुक्रबारबाट भएको हो।
राजधानीबाट सुरु भएको चलचित्रको छायांकन ४५ दिन हुने निर्देशक सुरज सुब्बा नाल्बोले बताएका छन् । राजधानीमा रहेको ‘द भ्वाइस अफ नेपाल’को सेटमा परिवर्तन गर्दै ब्यूटी प्याजेन्टको सिनको छायांकन भइरहेको निर्देशक सुब्बाले जानकारी दिए ।
‘फिल्मको महत्वपूर्ण सिन हो यो जसले फिल्ममा मोड ल्याउछ’ उनले सिनलाई बुझाउदै भने ‘ब्युटीप्याजेन्टको फिनालेको दृश्यको सजावट हो त्यसैले निकै मेहनतका साथ खिचिरहेका छौ ।’
झन्डै पन्ध्र बढी व्यावसायिक मोडेलसँगै डेब्यू गर्ल श्रद्धा र रेखालाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले कोरियोग्राफ गरिरहेकी थिइन् । उनले फिल्मको विषयवस्तु काठमान्डूकै रहेकोले यसको गीत धरान र विदेशमा खिचिने बताए। ‘सोसल ड्रामा हो तर फिल्म भरपुर मनोरञ्जनले भरिपूर्ण हुनेछ’ निर्देशक नाल्बो विश्वस्त छन् ।
उनकै लेखनमा तयार हुने चलचित्रमा नायक पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, मनोज केसी, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ । श्रद्धा क्षेत्री यही चलचित्रमार्फत डेब्यू गर्दैछिन्।