काठमाडौँ– संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सहमति जुटाउन सात सदस्यीय उपसमिति गठन गरेको हो ।
विधेयकमा फेसबुक, ट्वीटर जस्ता समाजिक सञ्जाललाई नियमन गर्ने प्रस्ताव गरिएको छ ।
अभिव्यक्ति स्वतन्त्रालाई खुम्च्याउने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विरोध गर्दै आएको विधेयकमा सहमति जुटाउन राजपाका सांसद अनिल झाको संयोजत्वमा समिति गठन गरेको हो । विधेयकमा २८ जना सांसदले ९ वटा संशोधन प्रस्ताव हालेका छन् ।
प्रतिपक्षी नेपाली कांग्रेसका १४ जना सांसदले सूचना प्रविधि विधेयकबाट सामाजिक सञ्जाल सम्बन्धी व्यवस्था नै हटाउन संशोधन दर्ता गराएका छन् ।
सामाजिक सञ्जाललाई नियमन गर्दा नागरिकको वाक स्वतन्त्रता खुम्चने कांग्रेसको जिकिर गर्दै आएको छ भने सरकारले विश्वका अरु देशमा जस्तै नेपालमा पनि समाजिक सञ्जालमाथि नियमन हुनुपर्ने बताउँदै आएको छ ।
सोमबार पनि सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाललाई नियमन गरी कानुन दायरामा ल्याउन अपरिहार्य भएको दोहो¥याए । उपसमितिमा राजेन्द्र लिङ्देन, बहादुर सिंह लामा, केदार सिग्देल, विना श्रेष्ठ, गौरीशंकर चौधरी र इन्दुकुमारी शर्मा सखस्य रहेकी छिन् ।
उपसमितिमा एक महिनाको समय दिइएको सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

भर्खरै
लोकप्रिय






































































































































































































