अटिजम मानसिक समस्या होइन, मस्तिष्कको विशेष अवस्था मात्रै

अटिजम मानसिक समस्या होइन, मस्तिष्कको विशेष अवस्था मात्रै
+
-

काठमाडौँ – विश्व अटिजम दिवस मंगलबार विभिन्न सचेतना मुलक कार्यक्रम गरि मनाईँदैछ । सन् २००८ देखि अप्रिल २ तारिखमा यो दिवस मनाउने थालिएको हो । दिवसको अवसरमा यो वर्ष ‘सहयोगी प्रविधि, सक्रिय सहभागिता’ नारा तय गरिएको छ ।

अटिजम मस्तिष्कको विशेष अवस्था रहेको र यसले व्यक्तिको सञ्चार गर्न सक्ने क्षमता र सामाजिक सम्बन्ध स्थापित गर्न बाधा पु¥याउने गरेको डाक्टरले बताएका छन् । विश्वका हरेक ६८ जना नवजात शिशुमध्ये १ जनामा अटिजम हुने तथ्यांक छ ।

अटिजम बालिका भन्दा बालकलाई हुने सम्भावना पाँच गुणाले बढि हुने देखिएको छ । बालबालिका दुई वर्षको हुँदा नै अटिजम भए–नभएको थाहा पाउन सकिने डाक्टरले बताएका छन् ।

बालबालिका खेलौनासँग नखेले, खेल्ने कुरा लाइन बनाएर राखे, एकोहोरो भए अटिजम भएको हुन सक्छ । अटिजम जन्मजात बच्चामा देखिने एक प्रकारको अपांगता हो । यो जीवनभरसम्म रहने गर्छ । अटिजम हुनुको कारण वंशाणुगत मानिए पनि यसको मुख्य कारण अझै पत्ता लागेको छैन ।

अटिजम भएका बालबालिकाको आवाज नआउने, बोलेको कुरा ठेगान नहुने, छिनछिनमा रुने, हाँस्ने, जिद्दी गर्ने लगायतका बानी हुने भए पनि यो मानसिक समस्या भने नभएको विज्ञले बताउने गरेका छन् ।

अटिजम भएका बालबालिकामा चकचक हुने वा निष्क्रिय हुने, आफैले केही गर्न नसक्ने, अरुसँग नखेल्ने, बोलाए पनि जवाफ नदिने, नसुनेको जस्तो गर्ने, कुनै काम राम्ररी गर्न नसक्ने, एउटै कुरा बारम्बार बोल्ने, घाउ भए पनि प्रतिक्रिया नदिने, हात खुट्टा चलाइरहने लगायतका समस्या हुन्छ । अभिभावकले आफ्नो बालबालिकाको अवस्था बुझ्नु पर्ने उनीहरुको सुझाव छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?