रित्तै छन् थाल, राहत पाएनन् पीडितले

रित्तै छन् थाल, राहत पाएनन् पीडितले
+
-

बारा -बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीले २९ जनाको ज्यान गुम्यो । ६ सय भन्दा धेरै घाइते छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरुले घटनास्थलको हवाई निरीक्षण गरे । अस्पतालमा रहेका केही घाइतेसँग भेटघाट गरे ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले पीडितहरुका लागि राहत र उद्धारको काममा कुनै कसर बाँकी नराख्न निर्देशन दिए । तर हुरीबतास पीडितहरु घटनाको तेस्रो दिनसम्म पनि राहतका नाममा एक प्याकेट चाउचाउ र पानीको बोतल समेत पाउन नसकेर छटपटाइरहेका छन् ।

त्रिपाल समेत नहुँदा खुला आकाशमुनि रात बिताउन बाध्य पीडितहरुको बिचल्ली भएको छ । उनीहरुलाई केही संघ संस्थाको सहयोगमा राहत सामग्री उपलब्ध गराइए पनि त्यो पर्याप्त भएको छैन ।

सरकारी अधिकारीहरुले राहत पठाइसकिएको दाबी गरेपनि घरबास र अन्नपात गुमेका पीडितहरु खाना नपाएर भोकभोकै छटपटाइरहेका छन् । विशेष गरि बालबालिका तथा उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई थप समस्या भएको छ ।

हुन त केही संघ संस्थाको सहयोगमा सडकमै खाना पकाउने व्यवस्था गरिएको थियो । तर पीडित धेरै राहत थोरै भएपछि पीडितहरुले खाना पाउने आशमा बोकेका थालहरु रित्ता देखिएका छन् ।

प्रधानमन्त्री ओलीले हवाई निरीक्षण गरेर फर्केको तर राहत नपठाएको भन्दै पीडितहरु निराश छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?