सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले एक दिनको तलब राहत दिने

सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले एक दिनको तलब राहत दिने
+
-

धनगढी- सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले एक दिनको तलब प्रदेश नम्बर २ का हावाहुरी पीडित नागरिकलाई राहत स्वरुप दिने घोषणा गरेका छन्।

प्रदेश सभाको मंगलबारको बैठकमा उप सभामुख निर्मला बडाल जोशीले प्रदेश सभाका सबै सासंदहरुले एक दिनको तलब प्रदेश नम्बर २ का हावाहुरी पीडित नागरिकलाई राहत स्वरुप दिने घोषणा गरेको जानकारी दिइन्।

प्रदेश सभाको मंगलबारको बैठकमा प्रदेश नम्बर २ का बारा र पर्सा जिल्लामा आएको हावाहुरीमा परि ज्यान गुमाउने नागरिकहरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको गरेको छ।

बैठकमा सभामुख अर्जुन बहादुर थापाले प्रदेश नम्बर २ का हावाहुरीबाट जयान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोक प्रस्ताव पारित गर्न आग्रह गरेपछि प्रदेश सभाले सर्वसम्मतिले प्रस्ताव पारित गरेको हो। शोक प्रस्ताव पारित भएपछि श्रद्धाञ्जली स्वरुप प्रदेश सभाको कार्वाही १५ मिनेटका लागि स्थगित गरिएको थियो।

यस्तै बैठकमा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले शून्य समयमा उठेका प्रश्‍नहरुको जवाफ दिएकी छन्।मन्त्री चौधरीले मन्त्री हिउँदे खेतीको समयमा जस्तो धानखेतीको बेला रसायनिक मल अभाव हुन नदिने गरी आफुले काम गरिरहेको बताइन्।

मलको आपुर्ति संघीय सरकारको कृषि मन्त्रालयबाट हुने भएकोले आफुले आपूर्तिका लागि पहल गरिरहेको उनले बताइन्।उनले वीउ विजनमा पनि किसानहरुलाई अनुदान दिएको जानकारी गराइन्।

कृषि अनुदानका लागि बिभिन्न कार्यविधिहरु आवश्यक परेको बिगतमा सहज रुपमा अनुदान दिन नसकिए पनि कार्यविधि पारित भइसकेकोले अब सहज रुपमा उपलब्ध गराइने मन्त्री चौधरीले प्रदेश सभामा जानकारी दिइन्।

मन्त्री चौधरीले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड सित गरी यूरिया ४ य ९९ मेट्रिक टन, डिएपी २ सय २८ मेट्रिक टन र पोटास १ सय ३४ मेट्रिक टन माौज्दात रहेको जानकारी दिइन्।

यसैगरी मंगलबारको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार गरेको सुदूरपश्चिम प्रदेश लोकमार्ग विधेयक प्रदेश सभामा टेबुल भएको छ। प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने छ।

यसअघि मंगलबार बिहान बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले प्रदेश नम्बर २ का हावाहुरी पिडितहरुको राहतका लागि एक करोड रुपैया दिने निर्णय गरेको छ।

प्रदेश मन्त्रीपरिषदको बैठकले प्रदेश नम्बर-२ मा आइतबार राति आएको हावाहुरीबाट जनधनको क्षति भएकोमा दुःख ब्यक्त गर्दै सुदूरपश्चिम प्रदेशका तर्फबाट पीडितहरुका लागि राहत स्वरुप एक करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले मन्त्रीपरिषदको निर्णयबारे जानकारी दिँदै प्रदेश नम्बर २ को सरकारको बिपद राहत कोषमा जम्मा हुने गरी एक करोड रुपैया बुधबार निकासा गरिने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?