मिटरमा नगुड्ने ट्याक्सीलाई ट्राफिकको लौरीः ४१ कारबाहीमा

मिटरमा नगुड्ने ट्याक्सीलाई ट्राफिकको लौरीः ४१ कारबाहीमा
+
-

पोखरा – मिटरमा गुड्न नमान्ने ट्याक्सी विरुद्ध अप्रेसन चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले २ दिनमै ४१ चालकलाई कारबाही सिफारिस गरेको छ ।
यातायात व्यवस्था विभागले तय गरेको मिटर जडित ट्याक्सीको रेटमा यात्रु नबोक्ने ट्याक्सी विरुद्ध मंगलबारदेखि खरो उत्रिएको ट्राफिकले यातायात व्यवस्था कार्यालय गण्डकीमा कारबाहीको लागि पठाएको हो ।

यातायात व्यवस्था ऐन नियमको दफा १६० उपदफा २ को ‘ख’ बमोजिम पाँच हजार रुपैयाँसम्म जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रमुख तथा प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए ।

‘मिटर जडान भएका तर मिटरमा गुड्न नमान्ने ट्याक्सी विरुद्ध अप्रेशन चलाएर कारबाही गरिरहेका छौं,’ उनले भने, ‘कतिपय ट्याक्सी आँखामा छारो हाल्न मात्रै भएपनि मिटरमा गुडेको बहाना बनाउने गरेको भेट्टाइएको छ । त्यस्तालाई पनि छानबिन गरी कारबाही गरेका छौं ।’

ट्राफिक प्रहरीले चालेको अप्रेसनमा मंगलबार मात्रै ३१ वटा ट्याक्सी कारबाहीमा परेका थिए । बुधबार एकदिन समय अभावका कारण बिहीबार निरन्तरता पाएको अप्रेसनमा १० ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही सिफारिसका लागि यातायात पठाइएको उनले बताए । ट्याक्सीको मनोमानी ठगी रोक्न २०७३ पुसदेखि अनिवार्य ट्याक्सीमा मिटर जडान गर्ने प्रावधान लागू भएको हो ।

तर सो अनुरुप ट्याक्सीले नियम कार्यान्वयन नगर्दै आफूखुसी भाडा लिने गरेको पाइएपछि कारवाहीको प्रक्रिया थालिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मार्फत यसअघि भएका अनुगमनबाट २ सय ५१ वटा ट्याक्सी कारबाही भोगेका छन् ।

यातायात व्यवस्था विभागको ०७५ असोज ७ गतेको परिपत्र अनुसार मिटर जडान ट्याक्सीको भाडा समायोजन दर सार्वजनिक गरेको छ । जसमा ट्याक्सी चढ्ने बित्तिकै १४ रुपैयाँबाट भाडादर सुरु हुनेछ ।

त्यसपश्चात्त प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसाको दरले रकम बढ्दै जानेछ । कुल एक किलोमिटर यात्रा गर्ने यात्रुले ३९ रुपैयाँमा (फल्याक डाउन) मिटरमा चढ्ने १४ रुपैयाँ गरी ५३ रुपैयाँ तिर्नुपर्ने हुन्छ । सोभन्दा बढी यात्रा गर्ने यात्रुबाट प्रति किलोमिटरको ३९ रुपैयाँका दरले जोडेर ट्याक्सीले लिन पाउने छन् ।

भाडादर अव्यावहारिकः व्यवसायी


सरकारले यातायात व्यवसायी महासंघसँग २०६९ सालदेखि वैज्ञानिक भाडादर कायम गर्ने सहमति गरेको हो । वैज्ञानिक भाडादर मापदण्ड प्रणालीमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुलाई ६५ प्रतिशत आधार मानी भाडादर निर्धारण गर्ने उल्लेख छ ।

तर ०७५ असोजमा बृद्धि भनिएको १० प्रतिशत भाडादरले वैज्ञानिक मापदण्ड पूरा नगरेको ट्याक्सी व्यवसाय समितिका अध्यक्ष प्रकाशमणि तिवारी बताउँछन् ।
‘जुन किसिमको विगतमा महासंघसँग सम्झौता भयो त्यसअनूरुप भाडादर निर्धारण भएको छैन्,’ उनले भने, ‘५० रुपैयाँमा हुने जाँचपास २ सय ५० पुग्यो, ५ सय रुपैयाँमा पाइने रुट इजाजत २ हजार ५ सय पुगेको छ । सवारी करमा त्यस्तै वृद्धि छ । ट्याक्सी खरिद, स्पेयर पार्टस् लगायत हालको बजार महँगीको ग्राफ चुलिएको छ । अनि विगतकै भाडादरमा चलाई भन्नु कत्तिको व्यावहारिक हो त ?’ उनले प्रश्न गरे ।

वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार कायम भएमा प्रशासनले लौरी नदेखाएपनि स्वतः चलाइने उनले बताए । गत असोजमा भएको भाडा समायोजनमा सरकारले एकलौटी पक्षबाट निर्णय गरेकोले व्यावसायिले असहमति जनाएको उनको भनाई छ ।

गुनासो राख्न ट्राफिकको आग्रह


ट्राफिकले मिटरमा नगुड्ने ट्याक्सीलाई कारवाहीको कदम चालेको भएपनि नागरिकबाट सोही स्तरमा सहयोग नपाएको ट्राफिक प्रमुख मिश्र बताउँछन् ।
‘देखाउँनका लागि मिटरमा गुडेजस्तो गरेपनि भाडा बोलकबोलमै लिनेदिने गरेको पाइयो,’ उनले भने, ‘अत्यन्तै न्यून गुनासो आउने गरेको छ । नागरिकले पनि गुनासो राख्ने मिटरमा जान नचाहने ट्याक्सी नम्बर टिपाइदिने गर्नुभयो भने नियमन गर्न सहज हुन्छ ।’

त्यस्ता ट्याक्सीको नम्बर र रहेको स्थान जिल्ला प्रहरी कार्यालयको १०० वा ट्राफिक कार्यालयको २४ सैं घण्टा खुला रहने कन्ट्रोल रुम १०३ नम्बरमा सम्पर्क गरी गुनासो टिपाउन सकिने उनको सुझाव छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?