नेपाल न्यूरोसर्जन समाजको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन

न्युरो सर्जरीसम्बन्धी पछिल्ला अनुसन्धानबारे राजधानीमा अन्तर्राष्ट्रिय सम्मेलन

न्युरो सर्जरीसम्बन्धी पछिल्ला अनुसन्धानबारे राजधानीमा अन्तर्राष्ट्रिय सम्मेलन
+
-

काठमाडौं– ‘नेपालमा धेरै बालबालिकालाई घरको बरन्डा अथवा छतबाट खसेर टाउकोमा चोट लाग्छ, तपाई‌को देशमा कसरी लाग्छ?’ राजधानीमा आयोजित न्युरो सर्जरीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी एक नेपाली डाक्टरले अष्ट्रियाका डा. क्रिष्टिन मटालालाई उनले गरेको करिव १८ मिनेका लामो ‘ट्रमा टु डेभलप सेन्ट्रल नर्भस सिस्टम (सिएनएस)’ सम्बन्धमा दिएको प्रस्तुतीकरण पश्चात दर्शकदिर्घाबाट प्रश्न गरे।

‘हाम्रो देशमा बालबालिका सम्बन्धी कानुनी व्यवस्था कडा छ, उनीहरुलाई खेल खेल्ने क्रममा धेरै चोट लाग्छ’, डा.मटालाले जवाफ दिए, ‘अभिभावकले बच्चालाई मोटरसाइकलमा राखेर हिँड्न पाउँदैनन्, यदि हिँड्नै पर्ने अवस्था भएमा उनीहरुका लागि हेल्मेट अनिवार्य हुनुपर्छ।’

काठमाडौँमा बिहीबार सुरु भएको नेपाल न्यूरोसर्जन समाज (निसोन) को दोस्रो अन्तर्राष्ट्रिय तथा सातौँ राष्ट्रिय सम्मेलनमा १ सय ६० भन्दा बढी सहभागी डाक्टरहरुले विभिन्न विषयमा आफ्नो प्रस्तुतिकरण दिने नेपाल न्यूरो सर्जन समाजका महासचिव डा. प्रविण श्रेष्ठले बताए।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल लगायत १३ देशका न्यूरोसर्जन, न्यूरोलोजिस्ट, न्यूरो नर्स, फिजियोथेरापिस्ट सहभागी छन्।

‘विश्वका वरिष्ठ न्यूरोसर्जनहरुले न्यूरोसर्जरीमा अपनाएका अन्तर्राष्ट्रिय पद्दति, प्रविधि र विकास भएका नयाँ उपकरणबारे आफ्नो अनुभव साटिरहेका छन्। हामीले पनि नेपालमा गरिरहेको उपचार पद्धतिबारे विचार आदानप्रदान गरिरहेका छौँ,’ महासचिव डा. श्रेष्ठले भने, ‘यस सम्मेलनको अर्थ एकअर्काले गरिरहेको कामको अनुभव साटासाट गरेर सिक्नु नै हो।’

नेपालमा डाक्टरहरुले विकसित देशहरुमा जस्तो आधुनिक प्रविधि नहुँदा नहुँदै पनि विभिन्न तरिका अपनाएर काम गरिरहेको भनेर देखाउन सम्मलेन आयोजना गरिएको उनले बताए। यस्ता सम्मेलनले नेपालका डाक्टरहरुलाई काम गर्न धेरै सहयोग पुर्‍याइरहेको समेत उनले बताएका छन्।

सम्मेलनमा नेपाल न्यूरोसर्जन समाजले पहिलोपटक विश्व फेडेरेशन अफ न्यूरोसर्जिकल सोसाइटीको एजुकेसन कोर्स नेपालमा सुरु गरेको जानकारी दिएको छ।

उक्त कोर्समा मस्तिस्क, नशा तथा मेरुदण्डसम्बन्धी रोगको पहिचान, उपचार, रोकथाम र अनुसन्धान, न्यूरोसर्जरी सम्बन्धी रोगको निदान र उपचारबारे छलफल गरिने छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष