
‘गुरुमापा’ हो
निष्फिक्री लल्कार्दैछ
देश बिलय !
‘टुण्डी’ हारेन
खै के विजयोत्सव !
घोडा नाचेन ।
जात्राको दिन
नेता बैरी बोकेर
‘ग्यालोप’ गर्छन् ।
निश्तेज शक्ति
‘टुण्डी’को चुरीफुरी
यो टुँडिखेल !
चढ्नुमै मजा
धुरी चढेको देखे
घोडा हरायो ।
वा ! घोडचढी
दाँया बाँया नहेरी
गल्छीमै गड्यौ ।
मिरमिरेमा
घोडा हिनहिनायो
यात्रा आरम्भ ।
तिमी आउन
बाईपॅखी घोडामा
उडौला नि त ।
घोडा पारखी
जीवन- सम्मोहन
शीघ्रातिशीघ्र !
घोडा प्रतीक
यौवनको सङ्गीत
मनै झनन्न!