महोत्तरीमा २ सय १८ एचआइभी सङ्क्रमित

महोत्तरीमा २ सय १८ एचआइभी सङ्क्रमित
+
-

महोत्तरी– महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २ सय १८ पुगेको छ। यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेहरुको मात्र हो। अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो सङ्ख्यामा बृद्धि हुन सक्ने अनुमान गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डाक्टर राजीवकुमार झाका अनुसार एचआइभी सङ्क्रमितमध्ये ८५ पुरुष, १ सय १६ महिला, तीन तेस्रो लिङ्गी, आठ बालक र ६ बालिका रहेका छन्।

जिल्ला अस्पताल जलेश्वरमा एचआइभी सङ्क्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण तथा परामर्श शाखामा अहिले २ सय १८ जना नियमित रुपमा सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको डा. झाले बताए।

उनका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि अहिलेसम्ममा मात्रै १९ जना नयाँ बिरामी थपिएका छन् भने विगत १० देखि १५ वर्ष अगाडिदेखि पनि सङ्क्रमित जलेश्वर अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन्।

जनचेतनाको अभाव, भेद्भाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमितहरु चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने डा. झाको अनुमान छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष