
काठमाडौँ – कागमा देखिएको बर्ड फ्लू मानिसमा सर्ने सम्भावना कम रहेको विज्ञले बताएका छन् । बर्ड फ्लू विज्ञ डा. होमबहादुर बस्नेतका अनुसार कागमा फैलिएको भनिएको बर्ड फ्लु मानिसमा सरेको विगतको इतिहास छैन ।
जैविक सुरक्षा प्रणाली अपनाएमा यसबाट हुन सक्ने जोखिमबाट बच्न सकिने डा. बस्नेतले बताए । पशुसेवा विभागले काठमाडौँका विभिन्न क्षेत्रमा मरेका कागमा बर्ड फ्लू रहेको बताए पनि त्यसबाट डराउनु पर्ने अवस्था नरहेको बताएको छ । विज्ञले पनि कागमा देखिएको संक्रमण नियन्त्रणका लागि सरकारी निकायले चासो दिनु पर्ने तर त्यो रोग मानिसमा सर्छ कि भरेर आत्तलिनु पर्ने अवस्था नरहेको बताएका हुन् ।
डा. बस्नेतले भने, ‘जैविक सुरक्षा भनेको किसानले खोर र त्यस वरपर अपनाउने सुरक्षात्मक उपाय हो । अनावश्यक रुपमा फरक फरक व्यक्ति खोरमा नजाने, खोरको सरसफाइमा ध्यान दिने, वरपरकोको वातावरण सफा राख्ने र चराचुरुङ्गीको अवातजावत विचार गर्नु पर्छ । यस्तै संक्रमण भएको क्षेत्रका कुखुरा र कुखुराजन्य उत्पादन बाहिर जान दिनु हुँदैन ।’
बर्ड फ्लू मानिसमा र्सयो भने खतरा हुने तर अहिलेसम्म त्यस्तो अवस्था नेपालमा नआएको डा. बस्नेतको भनाई छ ।