श्रम तथा रोजगार कार्यालय पोखरा

३ महिनामा ५ हजारलाई श्रम स्वीकृति, आधा कर्मचारीले चलाउँदै छन् काम

३ महिनामा ५ हजारलाई श्रम स्वीकृति, आधा कर्मचारीले चलाउँदै छन् काम
+
-

पोखरा – पुस अन्तिम सातादेखि सञ्चालनमा आएको श्रम तथा रोजगार कार्यालय गण्डकी प्रदेश पोखराले ५ हजार भन्दा बढि सेवाग्राहीमा सेवा प्रवाह गरेको छ ।

कार्यालयले तीन महिनामा वैदेशिक रोजगारका लागि जाने ५ हजार ४५ जनालाई पुनः श्रम स्वीकृति सम्बन्धी सेवा दिएको हो । चैत महिनामा मात्रै १ हजार ५ सय १५ जनाले सेवा लिइ सकेको कार्यालय जनाएको छ ।

गण्डकी प्रदेशका मात्रै नभई देशका विभिन्न जिल्लाबाट समेत श्रम स्वीकृतिका लागि पोखरा आउने गरेको कार्यालयका निमित्त प्रमुख गणेशप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘कार्यालयबाट प्रदेशका ११ वटा जिल्लाका नागरिकलाई लक्षित सेवा पु¥याउने भनिए पनि अन्य जिल्लाबाट आउनेहरुलाई सेवा दिइरहेका छौँ’, उनले भने, ‘केही दिनअघि घोडेजात्रामा काठमाडौँमा बिदा हुँदा त्यहाँबाट आएर सेवा लिएर सेवाग्राही फर्किए । न्यून संख्यामा तर झापा, धनुषाबाट आएका सेवाग्राहीले पनि सेवा पाएका छन् ।’ कार्यालयबाट सेवा लिनेमा १ सय ७ जना महिला छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने नागरिकलाई पुनः श्रम स्वीकृति सम्बन्धी सेवामा सहजता ल्याउन सातै प्रदेशमा यस्ता कार्यालय खोलिसकेको छ । सेवा विस्तारसँगै काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

निमित्त प्रमुख श्रेष्ठका अनुसार औषसमा ८० देखि सय जनासम्म सेवाग्राहीले दैनिक सेवा पाइरहेका छन् । काजगपत्र पु¥याएर आउने सेवाग्राहीले ३० मिनेटदेखि १ घण्टा भित्रमा सेवा दिन सकिएको उनको भनाई छ ।

बैंकिङ्ग र बिमा सेवाका लागि सम्झौता भइसकेपनि भवन अभावमा कार्यालय स्थापना हुन नसक्दा भने सेवाग्राहीले केही समस्या भोग्नुपरेको गुनासो सुनिएको छ ।

सेवाका लागि प्रभु बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सम्झौता गरिसकेको भएपनि श्रम कार्यालयले भवनमा कोठा उपलब्ध गराउन नसक्दा समस्या देखिएको निमित्त प्रमुख श्रेष्ठले बताए ।

बिमा बापतको रकम र बोर्डमा जम्मा गर्नुपर्ने शुल्क बैंक र बिमा कम्पनी मार्फत भुक्तानी दिनुपर्ने भए पनि त्यस सम्बन्धी कार्यालय स्थापना हालसम्म पनि स्थापना नहुँदा सेवाग्राहीले बाहिर रहेका निजी सटरबाट सेवा लिइरहेका छन् ।

विभागको अनलाइन फाराम र भुक्तानी गर्नुपर्ने रकम जम्मा गर्न सटरबाट सेवा लिँदा अतिरिक्त सेवा शुल्क लिइरहेको सम्बन्धमा पनि कार्यालयले चासो दिइरहेको निमित्त प्रमुख श्रेष्ठले बताए ।

‘बिमा कम्पनीले बाहिर रहेकै सटरमा डेक्स राखेर अबको केही दिनमै सेवा सुरु गर्ने जानकारी पाएको छु’, उनले भने, ‘बैंकिङ्ग सेवाका लागि यहि समन्वय समितिको भवनमा एक कोठा प्रबन्धका लागि आवश्यक पहल अघि बढाइसकिएको छ ।’

सेवाग्राहीलाई थप अतिरिक्त शुल्क तिर्न बाध्य नपार्नका लागि आगामी दिनमा विभागको अनलाइन फाराम कार्यालयबाटै भर्न सकिने व्यवस्थाका लागि पहल गरिरहेको उनले सुनाए ।

दरबन्दी अनुसार कर्मचारी छैनन्


श्रम तथा रोजगार कार्यालयमा १३ जनाको दरबन्दी रहे पनि ७ जना कर्मचारीले मात्रै नियमित कार्य सम्पादन गर्दै आइरहेका छन् । सामान्य बिरामी हुँदा समेत कर्मचारीले बिदा लिन नसकेको निमित्त प्रमुख गणेशप्रसाद श्रेष्ठ बताउँछन् ।

उपसचिव स्तरको कार्यालय प्रमुखको दरबन्दीमा हालसम्म पनि पदपूर्ति नहुँदा वरिष्ठ शाखा अधिकृत श्रेष्ठले निमित्त प्रमुख रहेर जिम्मेवारी सम्हाल्दै आएका हुन् ।

कार्यालय प्रमुखसँगै कार्यालयमा दरबन्दी रहेको शाखा अधिकृत, मेकानिकल सुपरभाइजर, लेखापाल, ड्राइभर र कार्यालय सहयोगी १–१ जनाको पद रिक्त रहेको उनले जानकारी दिए ।

‘दरबन्दी अनुसारको जनशक्ति आइनपुग्दा कार्यसम्पादनमा समेत केहि ढिला भएको महशुस गरेका छौँ । यसबारे विभागमा पत्राचार गरिरहे पनि कहिलेसम्म पदपूर्ति हुन्छ जानकारी आएको छैन्’, उनले भने ।

तत्काल कार्यालय स्थापनाका लागि जिल्ला समन्वय समिति कास्कीको भवनमा ४ कोठाबाट कामकारबाही सञ्चालनमा ल्याइएको भएपनि प्रप्र्यात नरहेको उनले सुनाए ।

कार्यालयमा दरबन्दी अनुसारको जनशक्ति पूर्ति भएमा न्यूनतम ८ कोठा आवश्यक पर्ने निमित्त प्रमुख श्रेष्ठले जानकारी दिए । वर्षाको समय सुरु भएसँगै सेवाग्राहीलाई मध्यनजर गर्दै हाल सेवा दिइरहेको भवनको झ्याल पछाडितर्फ ट्रष्ट हालिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?