तुलसीपुरमा कम उमेरका गर्भवती बढ्दै छन्

तुलसीपुरमा कम उमेरका गर्भवती बढ्दै छन्
+
-

लमही– तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि प्रभावकारी हुन  नसकेको पछिल्लो तथ्या‌ंकले देखाएको छ। उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्यांकअनुसार उपमहानगरमा यो वर्षमात्र  २० वर्षभन्दा मुनिका ३ सय ७५ किशोरी गर्भवती भएका छन्।

यो तथ्यांक हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए। ‘अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुन सकेको छैन’, उनले भने, ‘चालु आर्थिक वर्षको आठ महिनामा ३७५ किशोरी गर्भवती जाँच गर्न आएका छन्।’ साथै चालु आवमा २० वर्ष भन्दा मुनिका १७ ले गर्भपतन गराएका छन्।

त्यस्तै २० वर्ष भन्दा मुनिका ११ ले पिल्स, १८३ ले डिपो, ८२ ले इम्पलान्ट, आठ जनाले आइयुसिडी प्रयोग गरेको तथ्यांक छ। कानुनले महिला र पुरुषको विवाह गर्ने निश्चित उमेर तोके पनि नेपालमा अझै डरलाग्दो रूपमा बालविवाह हुने गरेको यो तथ्यांकले देखाएको छ।

तुलसीपुरमा बालविवाह न्यूनीकरणका लागि घर–घरमा प्रमुखको पत्र, सचेतनामूलक नाटक, अन्तर्क्रिया, पुजारीलाई सचेतना प्रदान गरे पनि अझै बालविवाह न्यूनीकरण हुन नसकेको तथ्यांकले देखाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष