४ हजार २०० मिटर उचाइमा म्याराथन दौड

+
-

ओखलढुङ्गा – ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्यूठानकी हुमी बुढा मगरले जितेका छन् ।

करिब चार हजार २०० मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेबाट ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठान जिल्लाकी हुमी बुढामगर प्रथम भए ।

एक्काइस किलोमिटरको दूरी गुरुङले एक घण्टा ४९ मिनेट र बुढामगरले दुई घण्टा ४० मिनेटमा पार गरेका थिए । दुवै जनाले नगद ५०–५० हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र खोटाङका हेमराज बस्नेत तेस्रो भएका छन् । निर्धारित दूरी कुलुङले एक घण्टा ५३ मिनेट र बस्नेतले एक घण्टा ५९ मिनेटमा पूरा गरेका थिए ।

यसैबिच महिलातर्फको म्याराथन दौडमा खिजीदेम्बा गाउँपालिका–३ ओखलढुङ्गाकी कष्णकुमारी भुजेल दोस्रो र मोलुङ गाउँपालिका ओखलढुङ्गाकी छोटी शेर्पा तेस्रो भएका छन् । भुजेलले दुई घण्टा ५२ मिनेट र शेर्पाले दुई घण्टा ५४ मिनेटमा दौड पूरा गरेका थिए । पुरुष र महिलातर्फ दोस्रो र तेस्रो भएका प्रतियोगीले क्रमशः ४० हजार र ३० हजार रुपैयाँ सहित प्रमाणपत्र पाए ।

म्याराथनका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओखलढुङ्गा टुरिजम डेभलपमेन्ट कमिटीले हाफ म्याराथन आयोजना गरेको कमिटीका प्रथम उपाध्यक्ष वाङ्डा शेर्पाले बताए । चार हजार २०० मिटर अग्लो सोलुखुम्बुको पिकेदेखि दुई हजार ५०० मिटर उचाइमा रहेको खिजिफलाटेसम्म २१ किलोमिटर हाफ म्याराथन गरिएको उनको भनाई छ । उपाध्यक्ष शेर्पाका अनुसार दौडमा दुवैतर्फ आठौँ स्थानसम्मका प्रतियोगीलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

म्याराथनमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भक्तपुर, प्यूठानलगायत जिल्लाका ९४ महिला तथा पुरुष धावक सहभागी थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?