सरकारी चिकित्सकको चेतावनी

‘हामीलाई वार्तामा नबोलाए सरकारविरुद्ध सडक संघर्ष गर्छौँ’

‘हामीलाई वार्तामा नबोलाए सरकारविरुद्ध सडक संघर्ष गर्छौँ’
+
-

काठमाडौँ-कर्मचारी समायोजनका क्रममा आफूहरुमाथि अन्याय भएको भन्दै पाँच दिनदेखि आन्दोलनरत सरकारी चिकित्सकले सरकारको दमन नभएर वार्ता गर्न आग्रह गरेका छन्।

सरकारी चिकित्सक संघ (गोदान)ले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारलाई आफूहरुले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना नगर्न आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले ठिक ढंगबाट कर्मचारीको समायोजन गर्न लागेको र अत्यावश्यक सेवा बन्द गरेर हड्तालमा उत्रिए उनीहरुमाथि नै कारवाही गर्ने चेतावनी दिएको थियो।

सरकारले वार्ताका लागि एक पटक पनि नबोलाई आफुहरुको आन्दोलनलाई दमन गरेर जाने भए सरकारविरुद्ध नै जाइलाग्ने चेतावनी चिकित्सकले दिएका छन्।
‘सरकार चिकित्सकहरूलाई दमन गरेरै जाने मनस्थितिमा उत्रिएमा भने सम्पूर्ण सरकारी चिकित्सक झनै कठोर आन्दोलनको अप्रिय मार्गमा जान बाध्य हुने छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

संघको जायज मागरूलाई दबाउने, चिकित्सकलाई डराउने, धम्क्याउने जस्ता क्रियाकलापले सरकारपक्ष आफनो आन्दोलनलाई थप कडा भन्दा कडा बनाउन चाहेको जस्तो देखिएको आशंका उसले व्यक्त गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष