नेपालले पहिलो पटक नाप्दै सगरमाथाको उचाई, टोली लुक्ला प्रस्थान

नेपालले पहिलो पटक नाप्दै सगरमाथाको उचाई, टोली लुक्ला प्रस्थान
+
-

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्नका लागि नेपाली विज्ञसहितको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । चार सदस्यीय विज्ञ टोली तथा गाइडसहितको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओली र भूमि सुधार मन्त्री पद्यमा अर्यालले बालुवाटारमा आयोजित विशेष कार्यक्रममा बिदाई गरेका छन् ।

लुक्ला प्रस्थान गरेको टोलीमा खिमलाल गौतम, रवीन कार्की, सुरजसिंह भण्डारी र युवराज धिताल छन् । उनीहरुको साथमा गाइडको टोली पनि छ । प्रधानमन्त्री ओलीले बुधबार बिहान बालुवाटारमा भएको बिदाई कार्यक्रममा टोलीलाई शुभकामना दिँदै पहिले आफ्नो सुरक्षालाई ध्यानमा राखेर काम गर्न आग्रह गरे ।

उनले गाइडले भने अनुसार नै अघि बढ्न टोलीलाई निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री ओलीले नेपाली टोलीले गरेको मापन नै अन्तिम र आधिकारिक हुने पनि बताए । नेपालले सगरमाथाको उचाई मापन गर्न लागेको यो पहिलो पटक हो ।

२०७२ सालमा भूकम्प गएपछि देखि नै सगरमाथाको उचाई मापन गर्ने भनिएको थियो । यसअघि चीन र भारतले दुई दुई तथा अमेरिका र इटालीले एक एक पटक सगरमाथाको उचाई मापन गरेका थिए । सबै मापनमा उचाई फरक फरक आएको थियो ।

सबैभन्दा पहिले भारतमा उपनिवेश कायम गरेको ब्रिटिस इन्डियाले सन् १८४९ मा सगरमाथाको उचाई मापन गरिएको थियो । पुरानो प्रविधिबाट गरिएको मापनमा सगरमाथाको उचाई ८८४०.५० मिटर आएको थियो । त्यसपछि सन् १९५४ मा भारतले नै गरेको मापनमा सगरमाथाको उचाई ८८४८ मिटर आएको थियो ।

सन् १९९२ मा इटालीको टोलीले गरेको मापनमा ८८४८.६५ तथा १९९५ मा चीनले गरेको मापनमा ८८४८.१३ मिटर देखिएको थियो । यस्तै सन् २००० मा अमेरिकी टोलीले गरेको मापनमा ८८५० तथा सन् २००५ मा चीनले गरेको मापनमा ८८४४.४३ मिटर देखिएको थियो ।

अहिले मापनमा खटिएको टोलीले यहि आर्थिक वर्ष भित्रै मापनको काम सक्ने बताइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?