
जनकपुरधाम-जनकपुर सहित नेपाल र भारतको विभिन्न स्थानमा चैती छठ शुरु भएको छ । चारदीवसीय पर्व चैती छठमा बुधबार साँझ वर्तालुहरुले खरना मनाउँदै छन्।
छठको विधी भनि चार दिन सम्म चलेपनि खरना, संध्या अर्घ्य र विहानको अर्घलाई मुख्य मानिन्छ । छठको तेस्रो दिन विहीवार संध्याकालिन अर्घ दिई सूर्य देवताको अराधना गरिने छ ।
वर्षमा दुई पटक मनाईंने छठ पर्वमा कार्तिक महिनामा मुख्य छठ हुने भएपनि चैतमा हुने चैती छठको रौनक पनि जनकपुरमा उत्तिकै देखिन्छ। चैती छठको लागी जनकपुरमा बुधबार किनमेल गर्नेको चहलपहल देखिएको छ भने छठको लागि जनकपुरको मुख्य पोखरीहरु, गंगा सागर, धनुषक्षेत्र, अंगराजसरलाई सजाइएको छ।
विगतमा जनकपुरको प्रमुख पोखरि गंगासागर र धनुषसागरमा मात्र गरिने चैती छठ केही वर्ष यता देखी अन्य पोखरीहरुमा पनि गर्न थालिएको छ। छठ ब्रत गर्नाले पापको क्षय हुने जनविश्वास रहेको यस पर्वमा ब्रतालु शुद्धतालाई विशेष ध्यान दिने गर्दछन्।
कठोर पर्वको रुपमा परिचीत छठ पर्व गर्नाले दुःख दरिद्रता अन्त हुनुका साथै सन्तान प्राप्ती र कुष्ठ रोगबाट तथा विभिन्न प्रकारका चर्म रोग निको हुने नजविश्वास रहि आएको छ।