मैथिल ब्राह्मण समाजद्वारा महोत्तरीमा सामूहिक ब्रतवन्ध

मैथिल ब्राह्मण समाजद्वारा महोत्तरीमा सामूहिक ब्रतवन्ध
+
-

जनकपुरधाम-मैथिली ब्राह्मणको हकहितका लागि संगठित संस्था मैथिल ब्राह्मण (महासंघ)ले महोत्तरी जिल्लाको सौहरवामा सामुहिक ब्रत बन्ध कार्यक्रम सम्पन्न गरेको छ।

विगत ७ वर्ष देखि प्रति वर्ष ब्राह्मण समुदायका ब्रतवन्ध नभएका बरुवाहरुलाई सामूहिक रुपमा निशुल्क ब्रतबन्ध गराउँदै आएको उक्त सभाले यसवर्ष पनि १६ जना बरुवाहरुको सामूहिक ब्रतबन्ध गराएको छ।

धेरै पहिला मिथिलामा सामुहिक रुपमा ब्रत बन्ध गर्ने परम्परा रहेपनि पछि गएर घमण्डका कारण छुट्टा छुट्टै ब्रतवन्ध गर्न शुरु गरियो तर अब संस्कृतिको संरक्षण एवं अनावश्यक खर्चलाई कम गर्न पुनः सामूहिक रुपमा ब्रतबन्ध गर्न लागिएको मैथिल ब्राह्मण महासभाका महासचिव इन्द्रदेव मिश्र बताउँछन्।

ब्रतवन्ध मैथिल ब्राह्मणमा गरिने लामो संस्कार रहेको र यो खर्चिलो पनि रहेकोले ब्राह्मण समुदायका व्यक्तिहरुको खर्च कम गर्न र संस्कृतिलाई बँचाउन सामुहिक ब्रतबन्धको आयोजना गरेको मैथिल ब्राह्मण महासभाका अध्यक्ष भगवान झाको भनाई छ।

यस्तै, समुदायिक ब्रतबन्धको साथ साथै सामुहिक विवाह समेत गर्दै आएको अध्यक्ष झाले बताएका छन्। सामुहिक ब्रतबन्धमा पनि एक्लैैले गर्ने ब्रतबन्ध जस्तै सम्पूर्ण विधिविधान भईरहेको पंडित दिगम्बर झाले बताए। उनको अनुसार सामुहिक रुपमा गर्ने ब्रतबन्धमा पनि त्यति नै मन्त्र पढिने भएकोले यसमा कुनै किसिमको मन्त्र वा विधिमा घटबढ गरिएको छैन्।

मिथिलाञ्चलमा ब्रतबन्ध, मुण्डन उपनयन तथा विवाहहरुमा अधिक रुपैयाँ खर्च गरिने भएकोले यस सामुहिक ब्रतबन्धमा निम्न वर्ग देखि उच्च वर्ग सम्मको व्यक्तिको सहभागिता रहेको र सामुहिक रुपमा हुने व्रतवन्धमा कम रकम लाग्ने स्थानीयहरुको भनाइ छ।

यता, अनावश्यक रुपमा खर्च नगरी बँचत गरिएको रकमलाई शिक्षा लगायत अन्य क्षेत्रमा खर्च गर्न सकिने भएकोले यस सामुहिक ब्रतबन्धलाई आगामी दिनमा थप वृह्त बनाउनुपर्ने आवश्यकता रहेको वशिष्ट नारायण झाले उल्लेख गरेका छन्। यस प्रकारको सामुहिक ब्रतबन्ध सबै ठाउँमा गर्नुपर्ने आवश्यकता रहेको सौहरवाका मन्दिर संरक्षक समेत रहेका झाको भनाई छ।

महोत्तरीमा भई रहेको सामुहिक ब्रतबन्धमा नेपाल सहित भारतका बरुवाहरुको सहभागिता रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?