
अ
+
अ
अ
-
खगोलविदले पहिलोपटक ब्ल्याक होलको तस्बिर लिन सफल भएका छन् । खगोलविदले निकै पर रहेको ग्यालेक्सी (आकाश गंगा) मा रहेको ब्ल्याक होलको तस्बिर लिन सफल भएका हुन् । वैज्ञानिकले ब्ल्याक होललाई ‘मोन्स्टर’ अर्थात राक्षस भन्ने गरेका छन् ।
यो ब्ल्याक होल पृथ्वीबाट ५५ मिलियन प्रकाश वर्ष पर रहेको छ । विश्वभरका ८ वटा टेलिस्कोपकको सहयोगमा तस्बिर लिइएको वैज्ञानिकले बताएका छन् ।
यस सम्बन्धी जानकारी एस्ट्रोफिजिकल जर्नलमा प्रकाशित भएको छ । इभेन्ट होराइजन टेलिस्कोप (इएचटी), ८ वटा टेलिस्कोपको समन्वयात्मक संरचनाले तस्बिर लिएको हो ।
एम ८७ नाम गरेको ग्यालेक्सीमा ब्ल्याक होल फेला परेको नेदरल्याण्डसको राडबुड विश्वविद्यालयका प्राध्यापक हाइनो फाल्केले बताएका छन् । तस्बिरमा देखिएको ब्ल्याक होलको आकार सौर्यमण्डलको भन्दा ठूलो रहेको उनले बताए ।