सरकारलाई माग सम्बोधन गर्न चिकित्सकको ७२ घण्टे अल्टिमेटम

सरकारलाई माग सम्बोधन गर्न चिकित्सकको ७२ घण्टे अल्टिमेटम
+
-

काठमाडौँ– नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरुको माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले ७२ घण्टा भित्र पनि सरकारी चिकित्सकहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सरकारविरुद्धको आन्दोलनलाई झनै एकतावद्ध भएर अघि बढाउन पनि देशभरका सबै चिकित्सकहरुलाई आह्वान गरेका छन्।

सरकारले चिकित्सकहरुलाई पीडा दिने गरी गरिएको कर्मचारी समायोजन नसच्चिए देशभरका चिकित्सकहरु राजधानी बाहेक अन्य कुनै पनि ठाउँमा सेवाका लागि जान नसक्ने अध्यक्ष श्रेष्ठको भनाई छ।

संघले जब्बरजस्ती समायोजन गरेर सरकारले चिकित्सकहरुलाई पीडा दिने, प्रहरीलगाएर दूव्र्यवहार गर्ने काम गरिरहेको भन्दै आपत्ति पनि जनाएको छ। स्थानीय सरकार मातहत रहने गरी सरकारले चिकित्सकहरुको पनि समायोजन गरेपछि त्यसको विरोधमा सरकारी चिकित्सकहरुले विगत ५ दिनयता आकस्मिक बाहेकका सरकारी अस्पतालका सबै सेवा बन्द गरी आन्दोलन सुरु गरेका छन्।

अध्यक्ष श्रेष्ठले त्यसप्रति नेपाल चिकित्सक संघको पूर्ण समर्थन रहेको उल्लेख गर्दै आफूहरुको अडानबाट पछि नहट्न पनि आन्दोलनरत चिकित्सकहरुलाई आग्रह गरेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष