कार्यक्रमको वैधानिकता माथि नै प्रश्न

निर्मला पन्तको बलात्कारीलाई सरकारले बचायोः देउवा

निर्मला पन्तको बलात्कारीलाई सरकारले बचायोः देउवा
+
-

पोखरा-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भइसकेको बताएका छन्।

कांग्रेस जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई बिहीबार पोखरामा सम्बोधन गर्दै सभापति देउवाले सरकार असफल भएको बताएका हुन्। ‘सरकार गठन भएको एक वर्ष भयो। हत्या हिंसा र बलात्कारका घटनाहरु बढेका बढ्यै छन्’, उनले भने, ‘निर्मला पन्तका बलात्कारी र हत्यारालाई समाउन सकेको छैन। सरकारले नै बचाउन लागिरहेको छ।’

यस्तै उनले पार्टी भित्र भइरहेको अन्तर्घात विरुद्ध कारवाही थालिने पनि बताए। सम्बोधनका लागि अत्यन्तै छोटो समय खर्चिएका देउवाले कांग्रेसलाई सुर्धान देशव्यापी जागरण अभियान चलाइने समेत जानकारी दिए। आउँदो वैशाखदेखि नै पार्टीले जागरण अभियान गर्दै पार्टी भित्रका घात र अन्तर्घात विरुद्ध शसक्त कदम चालिने बताए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कोषाध्यक्षहरुको सम्मेलनले केन्द्रीय नेताहरुलाई नै सोच्न बाध्य बनाएको बताए। ‘पार्टी गतिशील हुन सकिरहेको छैन। हामीले कार्यकर्तालाई कार्यक्रम दिन सकिरहेका छैनौँ।’ उनले भने ।

सोही मञ्चमा आसिन महामन्त्री डा.शंशाक कोइरालातर्फ इङ्गित गर्दै नेता पौडेलले पार्टीको गतिविधि नियाल्न अनुरोध गरे। ‘महामन्त्रीले म जे पनि गर्न तयार छु भन्नुभयो। म के अनुरोध गर्छु भने केन्द्रीय कार्यालयमा पार्टीको कामको व्यवस्थापन मिलाइदिनुस्। कहाँ–कहाँ अन्याय भएको छ। कार्यकर्तालाई कहाँ अप्ठेरो परेको छ।’ उनले थपे।

यसअघि बोल्ने क्रममा महामन्त्री कोइरालाले पार्टी एक ढिक्का हुन नसकेको बताए। गिरिजाबाबुले आफूलाई पार्टी भित्रको अन्तरविरोधको विषय सुनाउने गरेको प्रसङ्ग उल्लेख गर्दै आफ्नै छाँयादेखि कांग्रेस डराउनु पर्ने स्थिती देखिनु दुःखद् भएको बताए।

प्रवक्ता विश्वप्रकाश शर्माले कोषाध्यक्षहरुको पोखरा सम्मेलनबाट ७७ वटै जिल्लामा खाता सञ्चालन गर्न मार्ग प्रशस्त हुने गरी घोषणा पत्र सार्वजनिक गर्न आग्रह गरे।

बिहीबारदेखि पोखराको सभागृहमा सुरु भएको सम्मेलन शुक्रबार केही प्रतिवद्धता सार्वजनिक गर्दै समापन हुने नेपाली कांग्रेस कोषाध्यक्ष समितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए। कोषाध्यक्षहरुले पाउने अधिकारको उपयोग गर्दै जिल्ला समितिमा आर्थिक सुव्यवस्था कायम राख्न सम्मेलनबाट साझा प्रतिवद्धता जनाइने समेत उनले बताए।

धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले कोषाध्यक्षलाई खजाञ्जी बनाउने प्रयास भएको गुनासो गरे। विधानमा कोषाध्यक्षलाई मनोनित गर्ने व्यवस्था हटाउन समेत उनले माग गरे।

कार्यकर्ता कै विरोध माथि विरोध


कांग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनमा स्वागत मन्तव्यका लागि पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र पौडेललाई माइक हस्तान्तरण गरियो। उनले कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठाए। यसै त कांग्रेस एकजुट हुन नसकिरहेको बेला पदाधिकारीहरुले आफू खुसी कार्यक्रम आयोजना गर्नु कत्तिको जायज हो? भन्दै कार्यक्रमको वैधानिकता माथि नै प्रश्न गरे। ‘जिल्ला सभापतिहरुले आफ्नो भेला, उपसभापतिले आफ्नो भेला, कोषाध्यक्षको त्यस्तै, अन्यको त्यस्तै। कसरी एकता हुन्छ यसरी।’ उनले भने।

भाषण सकेर सभापति देउवा सहित अन्य वरिष्ठ नेताहरु भएको पहिलो लाइनमा गएर बसेका नेता पौडलको अभिव्यक्तिमाथि एक कार्यकर्ताले उठेरै विरोध जनाए। कास्कीका पुराना कांग्रेस कार्यकर्ता तारा पाखेले औला उठाउँदै कार्यक्रमको मञ्चमा बसेर त्यही ब्यानरमुनि विरोधको स्वर ओकलेकाे भन्दै आक्रोश पोखे।

उनी यत्तिमै रोकिएनन्, ‘जबसम्म यस्ता नेताहरु पार्टीमा रहिरहन्छन् तबसम्म पार्टीको कहिल्यै भलो हुँदैन’, उनले थपे। उनले विरोध गरिहेका बेला सभापति देउवाले हेरिरहे। आक्रोसित उनी केहिबेरपछि मात्रै साम्य भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?