सडकपेटीबाट जलेको अवस्थामा बालकको उद्दार

सडकपेटीबाट जलेको अवस्थामा बालकको उद्दार
+
-

जनकपुर– जनकपुरधाम उपमहानगरपालिका–१३ पीडारी चोकदेखि पश्चिम नमुना वस्तीमा शरीर जलेको अवस्थामा फेला परेका एक जना बालकलाई उद्दार गरी उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ।

नमुना वस्तीको सडकपेटीमा आमासँगै सुतिरहेको अवस्थामा फेला परेका अन्दाजी पाँच वर्षका ती बालकलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको पहलमा रेष्टलेस डेभलपमेण्ट र लाईफ नेपालले उद्दार गरेको हो।

बच्चा शरीर जलेको अवस्थामा आमासँग सडकपेटीमा भेटिएका थिए। आमा मानसिक रोगी भएकोले बालकको कसैले वास्ता नगरेको रेष्टलेस डेभलमेन्टका पुष्पराज पोखरेलले बताए। ‘आमाको मानसिक सन्तुलन ठिक छैन। शरीरको आधा भाग जलेपनि बालकको उद्दार हुन सकेको थिएन। हामीले जबरजस्ती बच्चालाई एम्बुलेन्समा राखेर अस्पताल पुर्‍यायौँ।’ पोखरेलले भने, ‘बच्चालाई अस्पताल ल्याउँदा आमालाई पनि सँगै ल्याएर आएका थियौँ। तर बच्चालाई उपचार कक्षमा लग्दासम्म बाहिर कुरेर बसेकी आमा १५/२० मिनेट मै हराईन्।’

बच्चाको उपचारमा संलग्न चिकित्सकले जलेको भागमा गम्भिर इन्फेक्सन हुने सम्भावना रहेको बताए। हाल बच्चाको उपचार खर्च रेष्टलेस डेभलपमेण्ट र लाईफ नेपालले व्यहारेको छ। अस्पतालको सहयोगका लागि समेत छलफल भइरहेको रेष्टलेस डेभलपमेण्टका पोखरेलले बताए।

अहिलेसम्म उपचाररत बच्चाको नाम ठेगाना केही खुल्न सकेको छैन। जनकपुर पीडारी चोकका स्थानीयले भने मानसिक सन्तुलन गुमाएकी एक महिला र बच्चालाई सडकपेटीमा सुतेको अवस्थामा देख्ने गरेको बताए।

स्थानीयका अनुसार ती आमाछोरालाई करिब एक वर्षदेखि सडकमै बस्दै आएका थिए। उनको घर जनकरपुरमै रहेको भनिएपनि अहिलेसम्म पुष्टि हुन सकेको छैन।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?