
लुम्बिनी– तराईमा गर्मी चढिसक्यो। रुपन्देहीको भैरहवा–लुम्बिनीको तापक्रम ३७–३८ डिग्री सेल्सियस पुगेको छ। तरपनि, घुम्न जाने एउटा गतिलो थलो हो लुम्बिनी।
बुद्धको जन्मथलो लुम्बिनी, शान्त वातावरणमा रमाउनेका लागि उपयुक्त स्थान हो। चाहे त्यो मेडिटेसन गरेर होस् या खुला फराकिला चौरमा रुखको फेदमा सुस्ताउँदै, लुम्बिनीमा शान्तिको अनुभव गर्न सकिन्छ।
अर्को कुरा, स्कुल पढ्दै गरेका विद्यार्थीका लागि राम्रो शिक्षा लिने ठाउँ पनि हो लुम्बिनी। बौद्धमार्गीको तीर्थस्थल लुम्बिनी हरेकजसो विदा र पर्वहरुमा पर्यटकले भरिन्छ।
अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तुसम्मका अधिकांश क्षेत्रका बासिन्दाका लागि एकैदिनमा घुमेर फर्किन सकिने थलो भएकाले पनि रुपन्देहीको दक्षिण पश्चिममा रहेको लुम्बिनी सजिलो गन्तव्य बनेको छ।
नयाँ वर्ष मनाउन लुम्बिनीमा पुगेका आन्तरिक र बाह्य पर्यटकको चहलपहलका तस्वीरहरु :