सुप विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रत्रामा सरकारले हस्तक्षेप गर्‍यो- सभापति देउवा

सुप विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रत्रामा सरकारले हस्तक्षेप गर्‍यो- सभापति देउवा
+
-

धनगढी- नेपाली काग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बर्तमान सरकारले सुदूरपश्चिम विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रतामा हमला गरेको भन्दै पार्टीले त्यस्तो हस्तक्षेप नसहने चेतावनी दिएका छन्।

सरकारले उप-कूलपति र रजिष्टारलाई हटाएको, नयाँ नियुक्तीमा ढिलाई गरेकोले विश्वविद्यालयका कामहरु प्रभावित हुनुका साथै समायोजन भएका १४ वटा क्याम्पसका प्राध्यापक र कर्मचारीले ९ महिनादेखि तलब भत्ता पाएका छैनन् । देउवाले भने–‘बर्तमान सरकारले शिक्षा क्षेत्रमा हस्तक्षेप गरिरहेको छ, यो काँग्रेसले सहदैन।’

नेपाली कागे्रस क्षेत्र नम्बर १ कैलालीले निर्माण गरेको वीपी स्मृति भवनको उद्घाटन गर्न मंगलबार कैलालीको टीकापुर पुगेका देउवाले आफू प्रधानमन्त्री भएको बेला सुदूरपश्चिमको धेरै विकास गरेको र फेरि प्रधानमन्त्री भए कर्णाली, महाकाली र पश्चिम सेती जलविद्युतको विकास गरी सबै भन्दा धनी प्रदेश बनाउने बताए। पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउदले पार्टीलाई बहु–मतको सरकारमा स्थापित नगरेसम्म पार्टीबाट देउवाको विदाई पनि नहुने र पार्टीमा विकल्प पनि नभएको बताए।

उनले केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधि हुने विधानको व्यवस्था गिरीजाप्रसाद कोइरालाको पाला देखिनै रही आएको र महासमिति बैठकमा त्यस्तो प्रस्ताव पनि नआएकाले अहिले महाधिवेशन प्रतिनिधि बुथबाटै निर्वाचित भएर आउनुपर्ने मागको कुनै अर्थ नरहेको बताए।

पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता नारायणदत्त मिश्रले एकपटक केन्द्रीय सदस्य भैसकेपछि फेरि जनतामा जान नपर्ने र पटक पटक समानुपातिकमा अवसर पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेका थिए।

यस्तै पार्टीका पूर्व केन्द्रीय सदस्य चन्द्रसिंह भट्टराईले मुख हेरेर व्यवहार नगर्न र मन मिलाउन विश्वासको संकट अन्त्य गरिनुपर्ने बताए। नेपाली कागे्रस कैलालीका सभापति नरनारायण शाह मनुले आफूले दुई वर्षे कार्यकालमा जिल्लामा गुटहरु न्यूनीकरण गर्ने प्रयास गरिरहेको र गाउँगाउँमा कार्यक्रम दिदा पनि काम पाएनौ भन्‍ने महाँसमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु उपस्थित नभएकोले कागे्रसमा जोडने भन्दा तोडने हावी भैरहेको बताए। उनले शीर्ष नेताको झमेला पर्खेर जिल्लामा नबस्ने र पार्टी तोडनेहरुसंग सम्झौता पनि नहुने बताए।

कागे्रसले १२ लाख ८७ हजारको लागतमा भवन निर्माणगरेको हो। भवन निर्माणको रकम चन्दा तथा शुभेच्छुकको सहयोगबाट संकलन भएको क्षेत्रीय कोषाध्यक्ष थर्कबहादुर शाहले जानकारी दिए। क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव प्रकाश शाहले गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?