जनकपुरको चर्चित मिठाई पसलमा अखाद्य वस्तु भेटियो, तेलीय वस्तुहरु नष्ट गरियो

जनकपुरको चर्चित मिठाई पसलमा अखाद्य वस्तु भेटियो,  तेलीय वस्तुहरु नष्ट गरियो
+
-

जनकपुरधाम- जनकपुरको चर्चित मिठाई पसलहरुमा विभिन्‍न अखाद्य वस्तुहरु फेला परेको छ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा गरिएको अनुगमनको क्रममा त्‍यहाँका होटलहरुमा बनाइएका मिठाइमा अखाद्य वस्तु प्रयोग हुने गरेको भेटिएको हो ।

आयोगका सदस्य मोहना अन्सारीले ती मिठाई पसलहरुमा अखाद्य मिठाइ, घ्यू, तेल लगायतका पदार्थहरु फेला परेको बताइन्।

उनका अनुसार हंसराज मिठाई पसलको कारखानामा फेला परेको किरा लागेको इमली, नेपालमा प्रतिबन्धित सागर गोल्ट पाउडर दुध, हाईड्रो, रंग, फिटकिरी लगायतका सामग्रीहरु गुण प्रविधि तथा नियन्त्रण कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ।

यस्तै हंसराजको कारखानाभित्र लुकाई राखेको अवस्थामा सागरको गोल्ड प्याकेट पाउडर दुधका बोरा, हाईड्रोका प्याकेट, रंग, फिटकिरी, बदामका पिठो लगायतका सामग्रीहरु बरामद गरी नियन्त्रणमा लिईएको गुण प्रबिधि तथा नियन्त्रण कार्यालय धनुषाका खाद्य निरीक्षक प्रबिण तिवारीले बताए।

यस्तै जानकी मन्दिरको उत्तरपट्टी जानकीचोकमा रहेको रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसको घ्यू, मिठाई, प्रयोग गरिएको तेलका सामग्री साथै प्रयोग गरिएका तेलीय वस्तुहरु तत्काल नष्ट गरिएको छ।

यसका साथै ओम बेकरी एण्ड स्विटस् हाउसमा उत्पादित पाउरोटीमा एक दिन अगावैको तिथि मितिमा उत्पादन मिति राखि सिल प्याक गरी विक्रि वितरणका लागि तयारी अवस्थामा राखिएको पाउँरोटी समेत जफत गरिएको छ।

त्यसैगरी जनकपुरको एक निजी विद्यालय मदर टेरेसा स्कुलको होस्टेल, कोल्ड जय श्रीराम डिस्ट्रिव्युटर्स कोल्ड स्टोरमा समेत अनुगमन गर्दा अखाद्य वस्तुहरु फेला परेको जनाइएको छ।

राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा, जनकपुर उप-महानगरपालिका, उपभोक्ता हक हित संरक्षण मंच, गुणस्तर तथा नाप तौल विभाग र जिल्ला प्रहरी कार्यालयको टोलीले हाल जनकपुरका होटल, विद्यालय र किराना पसलहरुमा अनुगमनलाई सक्रिय बनाएको हो।

यता, जनकपुरधाम उप-महानगरपालिकाका मेयर लालकिशोर साहले अब अबदेखि ज्यानसँग खेलवाड गर्ने हिसाबले पसलमा अखाद्य वस्तुहरु फेला पर्दा कालोबजारी अन्तर्गत मुद्दा चलाइने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?