
पोखरा– समाचार लेखेकै आधारमा पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाइएका पोखराका पत्रकार अर्जुन गिरी बिहीबार साधारण तारेखमा रिहा भएका छन्।
बिहीबारै दर्ता भएको मुद्दामा भएको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमर पौडेलको इजलाशको आदेशबाट उनी रिहा भएका हुन्।
पोखराका व्यवसायी वीपेन्द्रराज बतासले ठगी गरेको समाचार प्रकाशित गरेपछि सीआइबीले वैशाख १ गते गिरीलाई पक्राउ गरेको थियो। उनी ताण्डव न्युज साप्ताहिकका सम्पादक हुन्।