अब सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा, उपकरण जडान अर्को सातादेखि

अब सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा, उपकरण  जडान अर्को सातादेखि
+
-

काठमाडौं-नेपाल टेलिकमले सातै प्रदेशमा फोरजी सेवा विस्तार गरेको छ। नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले सातै प्रदेशमा फोर जी सेवाको काम तीव्र रुपमा भइरहेको जानकारी दिएकी हुन्।

बिहिबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै  उनले भनिन्, ‘ फोर जी सेवाको विस्तारका लागि साइट सर्भेको काम ६५ प्रतिशत सकिएको छ।अब हामी देशैभरी फोरजी सेवा विस्तार गर्न सक्षम भइसकेका छौ। ‘

नेपाल टेलिकमले १२ महिनामा सम्पन्‍न हुने गरी सातै प्रदेशमा फोर जी सेवा सञ्चालन गर्ने सम्झौता गत माघ २० गते गरेको थियो। उनले भनिन् ‘फोर जी सेवा विस्तारका लागि आवश्यक उपकरणहरु भित्र्याउने काम सुरु भइसकेको छ। ती उपकरणहरुको जडान गर्ने काम अर्को सातादेखि गर्नेछौं।’

यसका साथै १ करोड लाइन मोबाईल आयोजना अन्तर्गत समस्या देखिएका ठाँउमा ग्राहकको माग अनुरुप मोबाइल टावर थप गरिनेछ भने सो आयोजना अन्तरगत मोबाइल टावर थप गर्ने काम चालु आर्थिक वर्षभित्रमा पूरा गर्ने लक्ष्यका साथ काम  हुने प्रवक्ता वैद्यले गरिन्।

टेलिकमले सातै प्रदेशमा फोर जी सेवाको विस्तारका लागि चीनको जी कम्पनी र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?